गुण्डा नाइके सानुभाइ दुई महिनापछि फेरि पक्राउ
सारांश
- गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन्, उनी टोखाबाट पक्राउ परेका हुन्।
- यसअघि साउन १२ मा उनी ठमेलमा झगडा गरेको आरोपमा पक्राउ परेका थिए।
- सानुभाई कुमार श्रेष्ठ 'घैंटे'का सहयोगी हुन् र उनी सातौँ पटक पक्राउ परेका हुन्।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाई फेरि पक्राउ परेका छन् । आइतबार उनी टोखाबाट पक्राउ परेका हुन् । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले रातोपाटीलाई बताए ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखा स्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाई यसअघि साउन १२ मा पक्राउ परेका थिए । त्यसबेला ठमेलको नर्सिङ चोकस्थित नगरकोट दोहोरी साँझमा झगडा गरेको आरोपमा उनी पक्राउ परेका थिए ।
सानुभाई कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी हुन् । कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैंटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ अहिले सातौं पटक पक्राउ परेका हुन् । अहिले समिरमान सिंह बस्नेतनिकट मानिने सानुभाईलाई यसपटक पक्राउ गर्नुको कारण प्रहरीले सार्वजनिक गरेको छैन ।
२०७२ मा नुवाकोटमा हतियार सहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमा भेटिएका थिए । २०७२ पुसमा प्रहरीले उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरेको थियो ।
यो पनि पढौं...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
-
सुकुमबासीको व्यवस्थापनमा राज्य असक्षम देखियो : सचेतक धिताल
-
१० बजे १० समाचार : टेरामक्स खरिद प्रकरणमा पूर्वमन्त्री बस्नेतलाई ‘क्लिन चिट’, अख्तियारबाट प्रहरी अधिकृतहरूको एकाएक सरुवा
-
पूर्वचिनियाँ अधिकारीलाई मृत्युदण्ड
-
थुनामुक्त आदेशलगत्तै पुनः पक्राउ परे अभिषेक गिरी, रातारात लगियो काठमाडौं
-
अमेरिकी ‘स्ट्राइकर’ फोलारिनलाई रातो कार्ड दिने रेफ्रीको विगत ‘अत्यन्त शङ्कास्पद’ : ट्रम्प
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण