गुण्डागर्दीमा संलग्न सानुभाइको पक्राउ श्रृङ्खला
सारांश
- युवराज गुरुङ उर्फ सानुभाइलाई नर्सिङ चोकस्थित दोहोरीबाट प्रहरीले पक्राउ गरेको छ।
- उनी 'घैंटे' का सहयोगी हुन्, र उनी यसअघि पनि विभिन्न मुद्दामा पक्राउ परेका थिए।
- सानुभाइले नुवाकोट र काठमाडौँमा गुण्डागर्दी गर्दै आएको आरोप छ, र उनलाई यसअघि पनि पक्राउ गरिएको थियो।
काठमाडौँ । गुण्डागर्दीमा संलग्न युवराज गुरुङ उर्फ सानुभाइ बिहीबार बिहान नर्सिङ चोकस्थित नगरकोट दोहोरीबाट पक्राउ परे । बिहान ३ बजेतिर दोहोरीमा अर्को समूहसँग झगडा गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुलदिप चन्दले रातोपाटीलाई बताए ।
नुवाकोटको ककनी गाउँपालिका–५ घर भएर टोखास्थित सूर्यदर्शन हाइटमा बस्ने ३३ वर्षीय सानुभाइ कुमार श्रेष्ठ ‘घैंटे’का सहयोगी हुन् । कुमार ‘घैंटे’ प्रहरी इन्काउन्टरमा मारिएका थिए । ‘घैंटे’लाई प्रहरीले इन्काउन्टर गरेपछि बुलेटप्रुफ ज्याकेट लगाएर हिँड्न थालेका सानुभाइ यसपटक छैटौं पटक प्रक्राउ परेका हुन् । अहिले उनी समीरमान सिंह बस्नेतनिकट मानिन्छन् ।
२०७२ मा नुवाकोटमा हतियारसहित पक्राउ पर्दा उनी बुलेटप्रुफ ज्याकेटमै भेटिएका थिए । २०७२ पुसमा प्रहरीले उनलाई हातहतियार तथा खरखजाना मुद्दामा अनुसन्धान गरेको थियो । त्यसपछि उनी छैटौं पटक पक्राउ परिसकेका छन् ।

सानुभाइले नुवाकोट र काठमाडौँलाई आधार मानेर गुण्डागर्दी गर्दै आएका छन् । प्रहरीले उनीमाथि पटक-पटक कारबाही गरे पनि उनले गुण्डागर्दी छाडेका छैनन् ।
२०८० असार १५ मा ठमेलस्थित क्लब ओम्नियामा प्रवेश गर्दा आफूलाई ‘सम्मान भएन’ भनेर सानुभाइको समूहले क्लब सञ्चालक राजेन्द्र गुरुङलाई आक्रमण गरेका थियो । सो प्रकरणमा उनलाई प्रहरीले २०८० असार ३१ मा पक्राउ गरेर ठमेल क्षेत्रमा हतकडीसहित घुमाएको थियो । सो प्रकरणमा उनी १० हजार धरौटीमा रिहा भएका थिए ।
२०७६ पुसमा सानुभाइलाई प्रहरी वृत्त दरबारमार्गले बैकिङ कसुर मुद्दामा पक्राउ गरेको थियो । सानुभाइले २०६७ सालमा नुवाकोटका निर्माण व्यवसायी अनिल श्रेष्ठलाई हप्ता नदिएको आरोपमा गोली प्रहार गरेका थिए । नुवकोटकै होटल व्यवसायी सुरेश डंगोललाई पनि उनले आक्रमण गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउने गर्छन् ।
२०८० माघमा उनको समूहले ठमेलको छायाँ सेन्टरस्थित प्ले ब्वाई क्लबमा झगडा गरेको थियो । त्यसवेला उनीविरुद्ध प्रहरी वृत्त दरबारमार्गमा ज्यान मार्ने उद्योग कसुरमा जाहेरी दर्ता भएको थियो । प्ले ब्वाईमा झगडा गरेपछि भारत मागेका सानुभाइ पछि पक्राउ परेका थिए ।
यसपटक भने सानुभाइले नुवाकोट सूर्यगढी गाउँपालिका–२ घर भएका रवीन्द्र तामाङ र पाँचथर फिदिमका दिल कुमार तुम्बापोसँग झगडा गरेका हुन् । तामाङ र तुम्बपोलाई पनि प्रहरीले पक्राउ गरेर अभद्र व्यवहारसम्बन्धी कसुरमा ४ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
-
क्यान्सरका बिरामीलाई थप पीडा : किमोथेरापीमा प्रयोग हुने औषधि पाउनै सकस
-
भारतीय विदेशमन्त्री जयशङ्करको निमन्त्रणामा परराष्ट्रमन्त्री खनाल भोलि भारत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण