सप्तकोसीका तीन नदीमा जलसतह खतराको तहमाथि
सारांश
- सप्तकोसीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ।
- जल तथा मौसम विज्ञान विभागले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
- सिन्धुपाल्चोकको नाकोतेमा हिउँ पग्लिएर जल सतह सतर्कताको तहमा पुगेको छ।
काठमाडौँ । सप्तकोसीका तीन नदीमा जलसतह खतराको तहमाथि पुगेको छ । जल तथा मौसम विज्ञान विभागले अरुण, तमोर र सुनकोसीमा जलसतहले खतरा तह पार गरेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई सचेत हुन आह्वान गरेको छ ।
सुनसरीको चतरा क्षेत्रमा बिहानैदेखि खतरा तह पार गरेर कटान भइरहेको विभागका वरिष्ठ जलविज्ञ विनोद पराजुलीले जानकारी दिए । त्यस क्षेत्रमा बिहानदेखि वर्षा रोकिए पनि सप्तकोसीको माथिल्लो भेगमा परेको पानीले यस्तो भएको उनले सुनाए । सप्तकोसीका सहायक नदीको बाढी चतरामा पुग्न १८ घण्टासम्म लाग्छ ।
यही असोज २० गते मङ्गलवार बिहानसम्म यस क्षेत्रमा खतराको तहबाट सतर्कताको तहमा झर्ने अनुमान गरिएको विभागले जनाएको छ । सिन्धुपाल्चोकको नाकोतेमा भने हिउँ पग्लिएर जल सतह बढी आज सतर्कताको तहमा पुगेको छ । यसबाट आत्तिनुपर्ने अवस्था नरहेको वरिष्ठ जलविज्ञ पराजुलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण