तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा
सोमबार, २० असोज २०८२, ०० : ३६
सारांश
- सप्तरीको तिलाठी कोइलाडीमा जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा तीन सयभन्दा बढी घर डुबानमा परेका छन्।
- खाँडो खोलाको बाँध कटान हुँदा वडा नं २ लौनियामा बाढी फैलिएको छ भने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ।
- वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा क्षति पुगेको छ, र केही परिवारलाई उद्धार गरिएको छ।
सप्तरी । जिता नदी र खाडो खोलाको बाढी बस्तीमा पस्दा सप्तरीको तिलाठी कोइलाडीका तीन सय बढी घर डुबानमा परेका छन् ।
तिलाठी कोइलाडी गाउँपालिकाका पाँचवटै वडामा बाढी पसेको छ । गाउँपालिकाका विपद् संयोजक राजेशकुमार झाका अनुसार वडा नं २ लौनियामा खाँडो खोलाको बाँध कटान हुँदा गाउँभर बाढी फैलिएको छ भने वडा नं ४ रामटोलमा एक घर भत्किएको छ । वडा नं ३ सकरपुरा बस्तीमा बाढी पस्दा ७५ घर डुबानमा परेका छन् ।
वडा नं ७ को सरदार टोलमा जिता नदीको बाढी पस्दा १८ घरमा ठुलो क्षति पुगेको र केही परिवारलाई सुरक्षाकर्मी र स्थानीय युवाहरूले उद्धार गरी उच्च स्थानमा सारेको उनले बताए।
वडा नं ५ बर्साइनमा बाढीले सबैभन्दा बढी क्षति पुर्याएको छ । वडाध्यक्ष ललन राउतका अनुसार उक्त क्षेत्रमा करिब दुई सय घरमा बाढी पसेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण