बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
डुबान

भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा

सोमबार, २० असोज २०८२, ०२ : ३८
सोमबार, २० असोज २०८२

सारांश

  • भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ, जसमा ५० घर डुबेका छन्।
  • गौर र गरुडा केन्द्रमा भारी वर्षा भएको छ, जसले गर्दा सदरमुकाम र गेडहीगुठीलगायतका गाउँहरू डुबानमा परेका छन्।
  • बाढीका कारण झाझ नदीमा गौर गङ्गापिपरा सडकखण्ड र लालबकैया नदीमा हुलाकी राजमार्ग अवरुद्ध भएका छन्, साथै दुर्गा भगवती गाउँपालिकामा क्षति पुगेको छ।

रौतहट ।  भारी वर्षाका कारण रौतहटको महेशपुर गाउँ डुबानमा परेको छ । वर्षाका कारण गाउँ जलमग्न छ । रौतहटको राजपुर नगरपालिका–२ मा रहेको महेशपुर गाउँका करिब ५० वटा घरमा पानी परेको वडाध्यक्ष सोनालाल पण्डित कुम्हरले जानकारी दिए । भारी वर्षाका कारण वडाका तीन सयभन्दा बढी घरमा क्षति पुगेको उनको भनाइ छ । पानीले धान बालीमा पनि क्षति पुगेको उनले बताए ।

विभागका अनुसार सदरमुकाम गौरमा पनि ३१५ मिलिमिटर वर्षा भएको छ । सदरमुकाम पनि डुबानमा परेको छ । 

रौतहटकै गरुडा केन्द्रमा पनि ३०४ मिलिमिटर वर्षा भएको उहाँको भनाइ छ । उहाँका  अनुसार गरुडाको गेडहीगुठीलगायतका गाउँ बाढीले जलमग्न छन् । 

अविरल पानी परेसँगै बागमती, लालबकैया, झाझसहितका नदीमा आएको बाढीका कारण आसपासका अधिकांश भूभाग डुबानमा परेका छन् ।

झाझ नदीमा आएको बाढीका  कारण गौर गङ्गापिपरा सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । बाढीबाट दुर्गा भगवती गाउँपालिकाको पाँच वटै वडाका २५ प्रतिशत घरमा क्षति पुगेको उक्त गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । दुर्गा गाउँपालिकामा पनि बाढीका कारण क्षति पुगेको उनको भनाइ छ । 

राजपुर नगरपालिका–३ स्थित हुलाकी राजमार्गमा लालबकैया नदीमा  आएको बाढीका कारण उक्त क्षेत्रमा पर्ने सडकमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए । 

गुजरा नगररपालिका–८ स्थित लमहा खोलामा पानीको सतह बढ्दा बालचनपुर जङ्गलसैया भित्री सडक बन्द रहेको नगर प्रमुख शन्तलाल चौधरीले बताउनुभयो । वडा नं ९ अमतवास्थित प्रतीक टोलमा अविरल वर्षाका कारण १० वटा घरमा पानी पसेको छ । 

वृन्दावन नगरपालिका–१ स्थित बागमती नदीको बगरमा बसोबास गर्दै आएका १२८ परिवारलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप