भीमफेदी-कुलेखानी-फाखेल र त्रिभुवन राजपथ खुल्यो
सारांश
- अविरल वर्षापछि अवरुद्ध भएका सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि खुलेका छन्।
- हेटौँडा-कुलेखानी-फाखेल-फर्पिङ र त्रिभुवन राजपथमा यातायात पुनः सुरु भएको छ।
- भीमफेदी-कुलेखानी-सिस्नेरी खण्ड र कान्ति लोकपथ भने अझै अवरुद्ध नै छन्।
हेटौँडा । अविरल वर्षापछि अवरुद्ध भएका मकवानपुर हुँदै काठमाडौँ जोड्ने मुख्य सडक खण्डहरूमध्ये केही सोमबार बिहानैदेखि खुलेका छन् । केही सडक अझै पनि अवरुद्ध रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) मार्गमा सवारीसाधनको आवागमन पुनः सुरु भएको छ ।
तर, भीमफेदी–कुलेखानी–सिस्नेरी खण्ड र कान्ति लोकपथ भने अझै अवरुद्ध नै रहेको प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए ।
उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा रहेको डोढारे खोलाले राजमार्गकै केही भाग बगाएको छ । साथै, दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो गएको कारण सो खण्डमा सवारी सञ्चालन हुन नसकेको हो ।
प्रहरी निरीक्षक सापकोटाका अनुसार सो सडक खण्डको सिस्नेरी भागमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।
यस्तै, कान्ति लोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठुला पहिरोले सडकका केही भाग बगाएका छन् भने हेटौँडादेखि बगुवा खोलासम्म साना–ठुला गरी आधा दर्जनभन्दा बढी पहिरो खसेका छन् ।
प्रहरीका अनुसार कान्ति लोकपथमा खसेका पहिरो पन्छाउने र बगाएको सडक मर्मत गर्ने कार्य तीव्र गतिमा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
-
विभिन्न देशद्वारा सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अख्तियार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण