राजनीति
केन्द्रीय समिति विघटनपछि माओवादी सचिवालयको पहिलो बैठक सुरु
सोमबार, २० असोज २०८२, १३ : २८
सारांश
- माओवादी केन्द्रको सचिवालय बैठक पेरिसडाँडामा सुरु भयो, जसमा विभिन्न विषयमा छलफल हुनेछ।
- बैठकले पार्टी एकता, ध्रुवीकरण, महाधिवेशनको मिति र प्रतिनिधि छनोट कार्यविधिबारे छलफल गर्नेछ।
- पार्टीले आगामी मंसिरको अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ, अध्यक्ष प्रचण्डले एकता महाधिवेशन पनि हुनसक्ने बताए।
काठमाडौँ । नेकपा(माओवादी केन्द्र) को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।
असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा आगामी मङ्सिर अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन भनिए पनि एकता महाधिवेशन पनि हुनसक्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण