जुम्लामा दसैँको अवधिमा करिब १० करोडको खसी तथा भेडाको कारोबार
सारांश
- यस वर्षको दसैँमा जुम्लामा करिब १० करोडको कारोबार भयो।
- जिल्लामा ५,८४३ भेडा, २५६ खसी र ६३ राँगो बिक्री भए।
- गत वर्षको तुलनामा भेडा र खसीको मूल्यमा ३० प्रतिशतले गिरावट आएको छ।
जुम्ला । यस वर्षको दसैँको अवधिमा करिब रु १० करोड बराबरको कारोबार भएको छ । सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो ।
चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, “तीमध्ये स्थानीय भेडा रु नौ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार खरिद बिक्री भएको हो । जिल्लाभर करिब रु दुई करोड अन्य भेडा बिक्री भएको अनुमान गरिएको छ । यस्तै, नगरपालिका क्षेत्रबाट रु २६ लाख ७७ हजारको राँगो, भैँसी खरिद बिक्री भएको छ ।”
यस वर्ष दसैँका लागि मात्र पाँच हजार ८४३ भेडा, २५६ खसी र ६३ राँगो खरिद बिक्री भएको बिक्री भएको तथ्याङ्क छ । दसैँमा स्थानीय भेडाको अधिकतम मूल्य रु २३ हजार, न्यूनतम मूल्य रु नौ हजार र औसत मूल्य रु १६ हजार तोकिएको पशुपन्छी विकास शाखा प्रमुख रावतले बताए ।
खसीको अधिकतम मूल्य रु २२ हजार, न्यूनतम मूल्य रु आठ हजार, औसत मूल्य रु १५ हजार रहेको छ । यस्तै, राँगोभैँसीको अधिकतम मूल्य रु ६१ हजार, न्यूनतम मूल्य रु २४ हजार र औसत मूल्य रु ४२ हजार ५०० रहेको छ ।
यहाँ मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा र राँगोभैँसी ल्याइएको थियो । गत वर्षको दसैँमा रु १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका नगरपालिकाले जनाएको छ । गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारीले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण