निर्वाचन आयोगले प्रधानमन्त्रीपछि दलहरूसँग छलफल गर्ने
सारांश
- निर्वाचन आयोगले फागुन २१ गतेको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ र सरोकारवालाहरूसँग छलफल गर्ने भएको छ।
- आयोगले प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचनको तयारीबारे छलफल गर्नेछ।
- आयोगले राजनीतिक दलहरूसँग पनि छिट्टै छलफल गर्ने तयारी गरिरहेको छ।
काठमाडौँ । निर्वाचन आयोगले फागुन २१ गते तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै सरोकारवालाहरूसँग छलफल र संवाद थाल्ने भएको छ । आयोगले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो । त्यसको दोस्रो दिन मंगलबार आयोगका पदाधिकारीले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने भएका छन् ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेले मंगलबार दिउँसो ३ बजे सिंहदरबार पुगेर प्रधानमन्त्रीसँग छलफल गर्ने तयारी रहेको बताए । आयोगका पदाधिकारीहरुले प्रधानमन्त्रीसँगको छलफलमा फागुन २१ को निर्वाचन तयारीका समग्र पक्षमा कुराकानी हुने बताए ।
‘निर्वाचनको तयारी, शान्ति सुरक्षा, मतपेटिका, मतपत्र, लगायतका सामाग्रीहरुको व्यवस्थापन, मतदाता नामावली लगायतका विषयमा छलफल हुँदैछ’, सूचना अधिकारी घिमिरेको भनाई छ ।
प्रधानमन्त्रीसँगको छलफलपछि आयोगले राजनीतिक दलहरूसँग पनि छलफल गर्ने तयारी गरेको जनाएको छ । ‘अव छिटै राजनीतिक दलहरूसँग पनि छलफल गर्ने आयोगको तयारी र गृहकार्य भइरहेको छ’, घिमिरेले भने, ‘सबै दलहरूसँग मिटिङ राखिन्छ ।’
त्यसक्रममा दलहरूसँग आयोगले गरेको तयारी र कुनै विषयमा कन्फ्युजन छन् भने त्यसबारेमा पनि दलहरूलाई प्रस्ट पार्ने घिमिरेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण