अख्तियार प्रमुखको राजीनामा माग गरिएको दबाब पत्रमा के छ ?
सारांश
- जेनजी मुभमेन्ट अलायन्सले अख्तियार प्रमुख आयुक्तसहित सबै आयुक्तको राजीनामा माग गरेको छ।
- अख्तियारको नेतृत्व निष्पक्ष नभएको र जनविश्वास गुमाएको आरोप लगाउँदै राजीनामाको माग गरिएको छ।
- अलायन्सले अख्तियारका पदाधिकारीको नियुक्ति प्रक्रिया र कार्यशैलीप्रति प्रश्न उठाएको छ।
काठमाडौं । ‘जेनजी मुभमेन्ट अलायन्स’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै दबाब पत्र (निवेदन) बुझाएको छ।
अलायन्सले भदौ २३ गतेदेखि सुरु भएको जनेजी आन्दोलनका मुख्य मागहरू भ्रष्टाचार र दण्डहीनताको अन्त्य पूरा गर्न अख्तियारमा निष्पक्ष, स्वतन्त्र र सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै अख्तियारका हालका पदाधिकारीहरूबाट यो कार्य सम्भव नभएको जिकिर गरिएको छ ।
मंगलबार आयोगमा दर्ता गरिएको दबाब पत्रमा भनिएको छ, 'अख्तियारका प्रमुख आयुक्त र अन्य आयुक्तहरूको नियुक्ति तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले अध्यादेशमार्फत संसदीय सुनुवाइ विना गरेको थियो, जसले निष्पक्षतामा गम्भीर प्रश्न उठाउँछ।'
पत्रमा प्रमुख आयुक्त राईका काम राजनीतिक रूपमा पक्षपाती रहेको र उनी वाइडबडी घोटालालगायतका विवादमा मुछिएको आरोपसमेत लगाइएको छ। साथै विशेष अदालतले समेत अख्तियारको कार्यप्रणालीमाथि प्रश्न उठाएको भन्दै आयोगको नेतृत्वले जनविश्वास गुमाएको टिप्पणी गरिएको छ।
'भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा तपाईंको नेतृत्वमा निष्पक्षता सम्भव छैन,' भन्दै पत्रमा राईलगायत सम्पूर्ण आयुक्तलाई नैतिकताको आधारमा तत्काल राजीनामा दिन आग्रह गरिएको छ।
अलायन्सले देशभरका ३९ जिल्लाका १२ वटा समूहका प्रतिनिधिहरूको हस्ताक्षर सहित यो निवेदन बुझाएको जनाएको छ।
_lKgdikwFX5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद अभिषेकप्रतापका नाममा जारी पक्राउ पुर्जी यथास्थितिमा राख्न सर्वाेच्चकाे अन्तरिम आदेश
-
सडकको बिचमै २ फिटको नाला ह्वाङ्ग, दुर्घटनाको जोखिमले स्थानीय आक्रोशित
-
मधेसमा पार्टी बलियो नबने ठुलो दुर्घटनाको खतरा रहेको प्रचण्डको चेतावनी
-
सेयर बजारमा झण्डै १४ अङ्कको गिरावट, ५ अर्ब १८ करोडको कारोबार
-
आधुनिक प्रविधिको प्रयोगबाट कृषि क्रान्ति गर्दै किसान
-
नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपतिमा खतिवडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण