ब्राजिलमाथि लगाइएको ४० प्रतिशतको ट्यारिफ हटाउन ट्रम्पलाई लुलाको अनुरोध
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीतिका कारण ब्राजिलका राष्ट्रपति लुलाले ४० प्रतिशत ट्यारिफ हटाउन आग्रह गरे।
- दुई नेताबीचको फोन वार्तामा आर्थिक र व्यापारिक विषयमा छलफल भयो र भेटघाटको सहमति भयो।
- ब्राजिलले मलेसियामा हुने आसियान शिखर सम्मेलनमा भेटघाट र अमेरिका भ्रमणको इच्छा व्यक्त गर्यो।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ (अतिरिक्त भन्सार महसुल) नीतिले विश्वका धेरै देशहरूमाथि असर गरिरहेको छ । यसैबिच, ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले अमेरिकाका राष्ट्रपति ट्रम्पलाई ब्राजिलबाट आयात हुने सामानहरूमा लगाइएको ४० प्रतिशत ट्यारिफ हटाउन अनुरोध गरेका छन् ।
दुई नेताहरूले सोमबार यस विषयमा कुल ३० मिनेट फोनमा कुरा गरेका छन् । यसक्रममा लुलाले अमेरिकाले स्थानीय अधिकारीहरूमाथि लगाएको प्रतिबन्धात्मक उपायहरू हटाउन पनि आग्रह गरेका थिए । ब्राजिल सरकारले जारी गरेको विज्ञप्तिले दुई नेताहरू बिचको फोन वार्तालापको पुष्टि गरेको छ । विज्ञप्तिमा ब्राजिलका राष्ट्रपति लुला र ट्रम्प दुवैले चाँडै व्यक्तिगत रूपमा भेट्न सहमत गरेको पनि उल्लेख गरिएको छ । कुराकानी मैत्रीपूर्ण भएको बताइएको छ ।
बैठकको क्रममा लुलासँग धेरै राम्रो कुराकानी भएको ट्रम्पले बताए । वार्तामा मुख्यतया अर्थतन्त्र र व्यापारको बारेमा छलफल गरिएको बताइएको छ । ‘हामी निकट भविष्यमा ब्राजिल र अमेरिकामा हाम्रो छलफल र भेटघाट जारी राख्नेछौं,’ सामाजिक सञ्जाल सोसल टु«थमा आफ्नो खातामा पोष्ट गर्दै ट्रम्पले लेखेका छन् । ब्राजिल सरकारका अनुसार, लुलाले मलेसियामा हुने आसियान शिखर सम्मेलनको क्रममा भेटघाटको सुझाव दिनुको साथै अमेरिका भ्रमणमा जाने इच्छा व्यक्त गरेका छन् ।
वार्ता सकारात्मक रहेको ब्राजिलका अर्थमन्त्री फर्नान्डो हद्दादले बैठकपछि भने । अमेरिकाले शुरुमा ब्राजिलबाट आउने सामानमा न्यूनतम १० प्रतिशत ट्यारिफ लगाएको थियो । तर जुलाईमा ट्रम्पले ब्राजिलबाट आउने सामानमा अरू ४० प्रतिशतको भन्सार महसुल लगाए । जसले गर्दा कुल महसुल ५० प्रतिशत पुग्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण