ब्राजिलमा खुल्यो विश्वको सबैभन्दा ठुलो लामखुट्टे कारखाना
सारांश
- ब्राजिलले डेंगु ज्वरो नियन्त्रण गर्न विश्वकै सबैभन्दा ठूलो लामखुट्टे कारखाना खोलेको छ, जसले हप्तामा १९ करोड लामखुट्टे उत्पादन गर्नेछ।
- कारखानामा एडिस एजिप्ट लामखुट्टेलाई वोल्बाचिया ब्याक्टेरियाबाट संक्रमित गराइन्छ, जसले डेंगु भाइरसको विकास रोक्छ र रोग फैलिन दिँदैन।
- ब्राजिलले सन् २०२४ मा सबैभन्दा खराब डेंगु प्रकोपको अनुभव गरेपछि, यो विधि ठूलो मात्रामा प्रयोग गर्ने योजना बनाएको छ।
ब्रसिलिया । ब्राजिलले हालै विश्वको सबैभन्दा ठुलो लामखुट्टे कारखानाको उद्घाटन गरेको छ ।
यो कारखानाले एक हप्तामा १९ करोड लामखुट्टे उत्पादन गर्नेछ । डेंगु ज्वरोको फैलिनबाट रोक्ने प्रयासस्वरूप यो कारखाना खोलिएको हो । ब्राजिलको साओ पाओलो राज्यको क्याम्पिनासमा अवस्थित यो कारखाना विश्वको सबैभन्दा ठुलो लामखुट्टे कारखाना भएको बताइएको छ । कारखाना १ हजार ३०० वर्ग मिटरमा फैलिएको छ ।
कर्मचारीहरूले यहाँ प्रजननका लागि लामखुट्टेहरूलाई छोड्नुअघि ती लामखुट्टे प्रजननका लागि परिपक्व भइसकेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्नेछन् । झट्ट सुन्दा यो कुरा दुःस्वप्न जस्तो लाग्न सक्छ । तर डेंगु ज्वरोको प्रकोप फैलिनबाट रोक्न गरिएको प्रक्रियाको एक हिस्सा बताइएको छ ।
यस विशाल कारखानामा एडिस एजिप्ट लामखुट्टेहरू वोल्बाचिया ब्याक्टेरियाबाट संक्रमित गराइन्छ । जसले डेंगु भाइरसलाई तिनीहरूको शरीरमा विकास हुनबाट रोक्छ र मानिसहरूमा यो रोग सर्दैन । यी लामुखुट्टेले सन्तान जन्माउँदा यो ब्याक्टेरिया तिनीहरूको सन्तानमा पनि सर्छ ।
क्याम्पिनास कारखानाभित्र लामखुट्टेको उत्पादन नियमित तापक्रममा पानीले भरिएका हजारौं ट्रेहरूबाट सुरु गरिन्छ । यी ट्रेमा लार्भाको विकास हुन्छ । लार्भाबाट लामखुट्टे बनेपछि यसलाई पिँजडामा सारिन्छ । यहाँ तिनीहरूलाई उनीहरूको मनपर्ने खाना खुवाइन्छ । भाले लामखुट्टेलाई कपासको डल्लोमा चिनीयुक्त घोल खन्याइन्छ भने पोथीलाई मानव छालाको बनावटजस्तै देखिने झोलाहरूमा जनावरको रगत दिइन्छ ।
लामखुट्टेहरूले यस पिँजडामा चार हप्ता बिताउँछन् । यस समयमा यिनीहरूले प्रजनन गर्छन र पिँजडाको तल राखिएका ट्रेहरूमा अण्डा दिन्छन् ।
वोल्बाचिया विधि पहिले नै विश्वका अन्य भागहरूमा सफलतापूर्वक प्रयोग भइसकेको छ । तर ब्राजिलले यसलाई पहिले कहिल्यै नपुगेको स्तरमा प्रयोग गर्ने आशा राखेको छ । डेंगु ज्वरोको संक्रमण हरेक वर्ष बढ्दै गइरहेकोले यो कदम चालिएको हो । ब्राजिलले सन् २०२४ मा इतिहासमा सबैभन्दा खराब डेंगु प्रकोप भोग्यो । गएको वर्ष विश्वभर रिपोर्ट गरिएका सबै संक्रमणहरूको ८० प्रतिशतभन्दा बढी ब्राजिलमै देखिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
-
गोरुलाई निर्दयी व्यवहार गरेर भिडियो बनाउने युवक पक्राउ
-
टिकटकर अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण