डेंगुको प्रकोप ७५ जिल्लामा फैलियो : पुसयता ५ हजारभन्दा बढी सङ्क्रमित
सारांश
- नेपालमा ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ, जसमा ५,३७८ जना सङ्क्रमित छन्।
- डेंगु नियन्त्रणका लागि अभियान र जनचेतनामूलक कार्यक्रमहरू सञ्चालनमा छन् तर सङ्क्रमितको सङ्ख्या घटेको छैन।
- स्वास्थ्य मन्त्रालयले जनस्वास्थ्य मापदण्ड पालना गर्न र হেলো स्वास्थ्य १११५ मा सम्पर्क गर्न आग्रह गरेको छ।
काठमाडौँ । नेपालमा डेंगु सङ्क्रमणको प्रकोप ७५ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, गत पुस महिनायता देशभर डेंगुका कारण ५ हजार ३७८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार सङ्क्रमितको सङ्ख्यामा कमी आउन सकेको छैन। पछिल्लो २४ घण्टामा १६ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ भने पछिल्लो सात दिनमा ९४ जना नयाँ सङ्क्रमित फेला परेका छन्।
महाशाखाले डेंगु नियन्त्रणका लागि ‘खोज र नष्ट गर’ अभियान तथा जनचेतनामूलक कार्यक्रमहरूलाई तीव्रता दिएको बताए पनि सङ्क्रमितको सङ्ख्या अपेक्षित रूपमा घट्न सकेको छैन।
स्वास्थ्य मन्त्रालयले आम नागरिकलाई जनस्वास्थ्यका मापदण्डहरू पालना गर्न विशेष आग्रह गरेको छ। मन्त्रालयले लामखुट्टेको टोकाइबाट बच्न सरसफाइमा ध्यान दिन, हात धुन र आवश्यक परेमा मास्क लगाउन अनुरोध गरेको छ।
साथै, कुनै पनि स्वास्थ्य समस्या वा गुनासोका लागि ‘हेल्लो स्वास्थ्य १११५’ मा सम्पर्क गर्न पनि स्वास्थ्य मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण