जसपा समाजवादी मोर्चामा सहभागी हुन लागेको हो ?
सारांश
- जनता समाजवादी पार्टी (जसपा)लाई समाजवादी मोर्चामा ल्याउन छलफल भइरहेको छ।
- नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र जसपाका अध्यक्ष अशोक राईबिच छलफल भएको थियो।
- जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार पार्टी मोर्चामा सहभागी हुन सकारात्मक छ तर ठोस सहमति हुन बाँकी छ।
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)लाई समाजवादी मोर्चामा ल्याउन छलफल भएको छ ।
जसपालाई मोर्चामा ल्याउने विषयमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र अध्यक्ष अशोक राईबिच आइतबार पेरिसडाँडामा छलफल भएको खुलेको छ । मोर्चामा सहभागी हुन पार्टी सकारात्मक भएपनि ठोस सहमति हुन बाँकी रहेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
‘समाजवादी मोर्चामा सहभागी हुनेबारे प्रचण्डजीसँग छलफल भएको हो । पार्टी एकीकरणको विषयमा होइन । मोर्चाको अवधारणा पत्र हामीले नै बनाएका हौँ । त्यसैले मोर्चाको विचार, सिद्धान्तसँग हाम्रो कुनै विमति छैन । यद्यपि यसबारे पार्टी बैठकले निर्णय लिन्छ’, उनले भने ।
श्रेष्ठले मोर्चामा सहभागी हुने विषयमा प्रचण्डबाहेक एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र मोर्चाका संयोजक विप्लवसँग छलफल भएको बताए ।
यस्तै सोमबार बसेको माओवादीको सचिवालय बैठकमा जसपालाई मोर्चामा ल्याउन छलफल भइरहेको प्रचण्डले जानकारी दिएका थिए । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र समाजवादको नेपाली बाटो तय गर्ने उद्देश्यका साथ २०८० साल असार ४ गते चार दलीय मोर्चा घोषणा भएको थियो । तर २०८० साल वैशाख २३ गते प्रचण्ड सरकारमा सहभागी रहेकै बेला जसपा नेपाल विभाजन भएर जसपा र जसपा नेपाल बनेपछि दुवै समूह मोर्चाबाट अलग भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण