शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

तीन दिनमा ३ केजी चकलेट खाएपछि......

बुधबार, २२ असोज २०८२, ०६ : ४१
बुधबार, २२ असोज २०८२

सारांश

  • बेलायतका एक ट्रक चालकलाई धेरै मात्रामा जेली चकलेट खाएपछि अस्पताल भर्ना गरिएको थियो।
  • उनले ३ किलोग्राम जेली चकलेट तीन दिनमा खाएका थिए, जसका कारण पेट दुख्ने समस्या देखिएको थियो।
  • चिकित्सकहरूले उनलाई डाइभर्टिकुलाइटिस भएको पत्ता लगाए, जसले आन्द्रामा समस्या निम्त्याउँछ।

लन्डन । बेलायतका एक जना ३३ वर्षीय ट्रक चालकलाई अस्पतालमा भर्ना गर्नु परेको छ । छोटो समयमा ठुलो परिमाणमा गमिज क्यान्डी (एक खालको जेली चकलेट) खाएपछि नाथन रिमिङटनलाई आकस्मिक उपचारको खाँचो पर्‍यो । 

रिमिङटन योर्कशायरका ट्रक चालक हुन् । गमी क्यान्डीको तलतल भएपछि उनले अनलाइन शपिङ प्लेटफर्म अमेजनबाट ३ किलोग्राम (६.६ पाउण्ड)को हारिबो कोला जेलीको कन्टेनर नै अर्डर गरे ।

१० हजार ४६१ किलोक्यालोरी भएका यी क्यान्डी उनले तीन दिनमै खाएर भ्याए । यसलाई खाएको केही समयपछि नै उनमा गम्भीर शारीरिक लक्षणहरू देखिन थाल्यो । उनको पेट असह्य हुनेगरी दुख्न थाल्यो । चिटचिट पसिना आउने, रक्तचाप ह्वात्तै बढ्यो अनि चिसो पसिना आउन थालेपछि उनलाई अस्पतालको आकस्मिक कक्षमा लगियो । 

सुरुमा, चिकित्सा कर्मचारीहरूले रिमिंगटनलाई फूड प्वाइजनिङ भएको आशङ्का गरेका थिए । तर थप परीक्षणहरूले उनको पाचन प्रणालीमा असामान्य रूपमा उच्च स्तरको जिलेटिन देखायो । धेरै परीक्षणहरू गरेपछि, रिमिंगटनलाई गम्भीर  डाइभर्टिकुलाइटिस भएको पत्ता लाग्यो ।

डाइभर्टिकुलाइटिस एक अवस्था हो जसमा आन्द्राको भित्तामा डाइभर्टिकुला भनिने साना प्रोट्रुसनहरू आन्द्राको भित्तामा बन्छ । जसले संक्रमण वा इन्फ्लेमेशन निम्त्याउँछ । जिलेटिन जस्ता केही सामग्रीहरूको ठुलो मात्रामा सेवन गर्नाले आन्द्राको चाल र आन्द्राको अवरोधको जोखिम बढ्न सक्ने चिकित्सा विशेषज्ञहरूले बताउँछन् । यसमा ज्वरो, चिसो, अपच र बान्ता जस्ता प्रणालीगत लक्षणहरू पनि देखा पर्न सक्छन् ।

चिकित्सा विशेषज्ञहरूका अनुसार, डाइभर्टिकुलाइटिसको सबैभन्दा सामान्य लक्षण भनेको बायाँ पेटको तल्लो भागमा लगातार, गम्भीर पेट दुखाइ हो । यो दुखाइ सामान्य अपच वा कब्जियत भन्दा स्पष्ट रूपमा फरक हुन्छ । यो सामान्यतया एक दिन भन्दा बढी समयसम्म रहन्छ र बिस्तारै बिग्रँदै जान्छ । केही बिरामीहरूको दिसामा रगत वा म्युकस देखिन्छ । लक्षणहरू गम्भीर बनेर कोलोन पर्फाेरेशनको जोखिम हुन्छ । पछि यो पेरिटोनाइटिसमा परिणत हुन सक्छ ।

रिमिङ्गटनको केसमा डाक्टरहरूले तुरुन्तै मुखबाट खानेकुरा खुवाउन बन्द गरेर नसाबाट फ्लुइड थेरापी दिइएको थियो । उच्च ज्वरो र पेटको गम्भीर  दुखाइबिच उनलाई छ दिनसम्म अस्पतालमा सघन उपचार कक्षमा हेरचाहमा भर्ना गरेर राखिएको थियो । उनको भाग्य राम्रो थियो जसले गर्दा उनी पूर्ण रूपमा निको भए । तर धेरै लामो समयसम्म उनले गमिज खान सक्ने छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप