बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सिद्धार्थ बैंकले गर्‍यो दोहोरो अंकको लाभांश घोषणा

बुधबार, २२ असोज २०८२, १२ : १४
बुधबार, २२ असोज २०८२

सारांश

  • सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।
  • प्रस्तावित लाभांशमा ५ प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर सहित) रहेको छ।
  • बैंकको खुद नाफा ३ अर्ब ३६ करोड रहेको छ भने जगेडा कोष १६ अर्ब ८७ करोड रहेको छ।

काठमाडौं । सिद्धार्थ बैंकले दोहोरो अंक बराबर लाभांश घोषणा गरेको छ । मंगलबार बसेको बैंक सञ्चालक समिति आव २०८१/८२ को वितरणयोग्य मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ५.०० प्रतिशत बोनस शेयर र ५.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) गरी कुल १०.५३ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

बैंकको हाल कायम रहेको चुक्ता पूँजी १४ अर्ब ८ करोड ९९ लाख रुपैयाँ छ । यसमा ५ प्रतिशत बराबरले हुन आउने ७० करोड ४४ लाख ४४ हजार रुपैयाँ बराबरको बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको रु. ७७ करोड ९१ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पश्चात् तथा बैंकको आगामी साधारण सभाबाट पारित भएपछि मात्र वितरण गरिनेछ ।

बैंकले आव २०८१/८२ मा ३ अर्ब ३६ करोड खुद नाफा आर्जन गरेको थियो । बैंकको वितरणयोग्य मुनाफा रु १ अर्व ८३ करोड कायम रहेको छ । गत असार मसान्तमा बैंकसँग जगेडा कोषबापत १६ अर्ब ८७ करोड रहेको छ । बैंकको नेटवर्थ ३० अर्ब ९६ करोड पुगेको छ भने २ अर्ब ८९ करोडले बढेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप