कपिलवस्तुमा डुबेर बालकको मृत्यु
बुधबार, २२ असोज २०८२, १३ : ०५
सारांश
- कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ।
- मृत्यु हुनेमा शुद्धोधन गाउँपालिका-३, लवनीका ९ वर्षीय बालक दुर्गेश कलवार रहेका छन्।
- बालक मंगलबार दिउँसोदेखि हराइरहेका थिए र उनको शव पोखरीमा फेला परेको हो।
बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको लवनीस्थित पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । शुद्धोदन गाउँपालिका–३ लवनीका ९ वर्षीय बालक दुर्गेश कलवारको डुबेर मृत्यु भएको हो । उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्रकुमार सिंहले बालकको शव पोखरीमा फेला परेको रातोपाटीलाई बताए । उनले शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु जिल्ला अस्पताल पठाएको छ ।
स्थानीय अशोक कलवारका छोरा दुर्गेश सोही ठाउँको नेचुरल लाइफ चिल्डेन एकेडेमीको युकेजीमा अध्ययनरत थिए । उनी मङ्गलवार दिउँसोदेखि हराइरहेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण