भगवान् ! के ले बनाऊँ सिंहदरबार ?
सन् १९०३मा
तिम्रो न्वारान गर्दै गर्दा
तिमीलाई जन्म दिनेहरूले
रत्तीभर गमेका थिएनन्
१२२ वर्षको इतिहासमा
एकपल्ट हैन
दुई पल्ट हैन
पटक पटक
कहिले प्रकृति
कहिले मानव र
कहिले मानवरूपी दानवहरूले
तिम्रो चीरहरण गरिरहँदा
तिमी सतिसाल झैँ
हमेसा साक्षी भइरहने छौ ।
((१))
आज मलाई
म मात्र भन्ने सँग
प्रश्न गर्न मन छ
प्रतिप्रश्न गर्न मन छ
प्रकृति र सन्तानको बिचमा
भिन्नता हुन पर्ने हैन र ?
परिवर्तनको नाउँमा
आफ्नै अगाडी
आमाको बलात्कार
अस्मिता लुटिँदै गर्दा
रक्षक भनिएका कसरी बस्न सके
आँखा चिम्म गरेर
र कसरी हेर्न सके
ढोका थुनेर टुलुटुलु ?
((२))
ए, सिंहदरबार,
तिमी भ्रममा छौ सायद
रातदिन तिम्रो ओत लाग्नेहरूले
नुनको सोझो सम्म गरेनन्
कतै आफ्नो ठानेका पनि
भएकी परिचालन ?
तिम्रो आफ्नै भए त
देशको भकारी रित्याएर
गाँस कटाएर
कमिसन कुम्ल्याएर
किनेका स्वचालित हतियार
र काला बुटहरू
तिमीलाई खरानी बनाउने माथि
तेर्सिनु र बज्रिनु पर्ने होइन र ?
((३))
ए, सिंहदरबार
तिमी कहाँ चुक्यौ ?
तिमीले जनअधिकार दिनु
सार्वभौम सम्पन्न बनाउनु
तिम्रो गल्ती थियो र ?
सबैभन्दा ठुलो त
नेपाली बनाउनु
र संसारभर चिनाउनु
महाअपराध थियो र ?
यदि होइन भने
काजी भीम मल्लको मृत्यु
र सतीको सराप
तिमीलाई मात्र लाग्नु पर्ने
कुनै कारण नै छैन ।
((४))
प्रकृति रिसाउँदा
तिमीले मासिनु पर्ने
राजाले गल्ती गर्दा
तिमी नासिनु पर्ने
शासकले गल्ती गर्दा
तिमी जल्नु पर्ने
कस्तो न्याय हो यो ?
जहिले सहिदिनु पर्ने
यो घात, प्रतिघातमा
यो सन्नाटा र आर्तनादमा
पुनः अर्को पटक
तिम्रो न्वारान गर्न खोजिँदै छ
फेरी उठ्छौ होला त
जस्ताको तस्तै
ठडिन्छौ होला त १९३८ को जस्तै ?
((५))
हे भगवान् !
अब अन्तिम उपाय देऊ
कसरी सिंहदरबार बनाऊँ ?
जस्तै भूकम्पले नढल्ने
कस्तै आगोले नजल्ने
र कुनै दानवहरूले नसक्ने
ताकि अव उप्रान्त
कहिल्यै नढलोस्
कहिल्यै नजलोस्
र हमेसा ठडिइरहोस्
हाम्रो शिरको सगरमाथा जस्तै
अटल बनिरहोस्
हरेक नेपालीको
मन, मुटु र शिरको शान बनेर ।
((६))
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण