विषाक्त कफ सिरफ प्रकरण : थप तीन बालबालिकाको मृत्यु
सारांश
- मध्य प्रदेशमा कफ सिरप सेवनका कारण थप तीन बालबालिकाको मृत्यु भएको छ।
- यस घटनासँगै मृत्यु हुने बालबालिकाको संख्या २० पुगेको छ, जसमध्ये २ देखि अढाई वर्षका छन्।
- विषाक्त कफ सिरप बनाउने कम्पनीका मालिकलाई पक्राउ गर्न प्रहरी टोली खटिएको छ।
नयाँ दिल्ली । भारतको मध्य प्रदेश राज्यमा कफ सिरप सेवनका कारण बालबालिकाको मृत्यु हुने क्रम रोकिएको छैन । विगत २४ घण्टामा राज्यमा थप तीन बालबालिकाको मृत्यु भएको छ ।
योसँगै मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मृत्यु हुने बालबालिकाको उमेर २ देखि अढाई वर्षको रहेको छ । छिन्दवाडामा सत्र, पन्धुर्णामा एक र बैतुलमा दुई बालबालिकाको मृत्यु भएको बताइएको छ । नागपुरमा अझै पनि पाँच बालबालिका जीवन र मृत्युको लागि सङ्घर्ष गरिरहेका छन् ।
यस दुर्भाग्यपूर्ण घटनामा २० बालबालिकाले ज्यान गुमाएको मध्य प्रदेशका उपमुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री राजेन्द्र शुक्लाले बताएका छन् । विषाक्त कफ सिरप बनाउने कम्पनी स्रेसन फार्मास्यूटिकल्सका मालिकलाई पक्राउ गर्न छिन्दवाडा प्रहरी टोली चेन्नई र काचीपुरम पुगेको छ ।
मृत्युका घटना बढ्दै जाँदा चार वर्ष मुनिका बालबालिकालाई कफ सिरप खान नदिन भारत सरकार र आईसीएम आरसीको सल्लाह पालना गर्न सबैलाई आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण