निर्वाचनको वातावरण बनाउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले विदेशस्थित राजदूतहरूलाई प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन निर्देशन दिइन्।
- उनले चुनावका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि पहल गर्न पनि निर्देशन दिइन्।
- प्रधानमन्त्रीले देशको पुनर्निर्माण कोषमा सहयोग र पर्यटन प्रवर्द्धनका लागि पहल गर्न पनि आग्रह गरिन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन विदेशस्थित नेपाली राजदूत तथा नियोग प्रमुखहरूलाई निर्देशन दिएकी छन् ।
विभिन्न देशमा रहेका राजदूत तथा नियोग प्रमुखहरूसँग आज भर्चुअल बैठकमा प्रधानमन्त्रीबाट यस्तो निर्देशन भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षत्रीले बताए ।
चुनावका लागि अन्तर्राष्ट्रिय सहयोग र सद्भावका लागि पहल गर्न पनि निर्देशन दिएको उनले बताए ।
विदेशमा रहेका नेपालीले आफ्नो मताधिकार कसरी प्रयोग गर्ने त्यसबारेमा पनि सोचविचार गर्न र आवश्यक सुझाव दिन प्रधानमन्त्री कार्कीले भनेकी हुन् । त्यस्तै आन्दोलनपछि देशमा भएको क्षति पुनर्निर्माण गर्न बनेको कोषमा सहयोगका लागि पहल गर्न नेपाली दूतावास तथा नियोग प्रमुखहरूलाई प्रधानमन्त्रीले निर्देशन दिएको बताइएको छ ।
प्रधानमन्त्री कार्कीले नेपालको अवस्था सामान्य भइसकेको र देशभित्रका होटल, पर्यटन क्षेत्रहरू सुचारु रहँदा पनि पर्यटक आगमन नबढेकोमा चिन्ता व्यक्त गरेकी थिइन् । नेपालबारे व्यापक प्रचार प्रसार गर्न पनि निर्देशन दिँदै प्रधानमन्त्री कार्कीले पर्यटक संख्या बढाउन पहल गर्नुपर्ने बताएकी क्षेत्रीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण