नागरिक अगुवाको सुझाव : राजनीतिक दलको नेतृत्व अविलम्ब हस्तान्तरण (पूर्णपाठ)
सारांश
- २४ जना नागरिक अगुवाहरूले गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक दललाई नेतृत्व हस्तान्तरण गर्न आह्वान गरेका छन्।
- नागरिक अगुवाहरूले सरकार, राजनीतिक दल र जेन्जीलाई गम्भीर चिन्ता व्यक्त गर्दै नेतृत्व हस्तान्तरणको लागि आह्वान गरेका हुन्।
- उनीहरूले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न शान्तिपूर्ण वातावरण बनाउन र संवाद थाल्न सरकारलाई आग्रह गरेका छन्।
काठमाडौँ । २४ जना नागरिक अगुवाहरूले गणतन्त्र र संविधानको रक्षार्थ राजनीतिक दललाई अविलम्ब नेतृत्व हस्तान्तरणका लागि आह्वान गरेका छन् ।
बुधबार साँझ संयुक्त वक्तव्य जारी उनीहरुले सरकार, जेन्जी र राजनीतिक दललाई गम्भीर चिन्ता र सरोकारसहित ध्यानाकर्षण गराउँदै दलहरूलाई नेतृत्व हस्तान्तरण आह्वान गरेका हुन् । यसरी ध्यानाकर्षण गराउनेहरूमा लोकराज बराल, गणेशमान गुरुङ, रत्न संसार श्रेष्ठ,उपेन्द्र कोइराला, सुशील प्याकुरेल, चण्डेश्वर श्रेष्ठ, कनक दीक्षित, रेणु अधिकारी, शरद वन्त, महेश मास्के, परशुराम तामाङ, शङ्कर सुवेदी, झलक सुवेदी, कुन्दन अर्याल, टीकाराम भट्टराई, शोभाकर बुढाथोकी, उषा झा, गीता त्रिपाठी, राधिका खतिवडा, भागिराम चौधरी, राजेन्द्र महर्जन, चूर्णबहादुर चौधरी र बिन्दु शर्मा रहेका छन् ।
उनीहरुले संवैधानिक प्रक्रिया यथाशक्य चाँडो सुसञ्चालन गर्नका लागि तोकिएको मिति २०८२ साल फागुन २१ गतेको निर्वाचनमा उत्साहपूर्वक मतदान हुनसक्ने वातावरण निर्माण गर्नका लागि शान्ति र अमन चयन कायम राख्न विशेष ध्यान पुरयाउँदै राजनीतिक दल, जेन्जी प्रतिनिधि र सबै सरोकारवालासँग तत्काल संवाद थाल्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।
‘राजनीतिक दलहरूलाई चुनावमा भाग लिन नदिने जस्ता अस्वाभाविक र त्रासपूर्ण अभिव्यक्तिप्रति हाम्रो गम्भीर आपत्ति रहेको छ’, नागरिक अगुवाहरूले भनेका छन् ।
यस्तो उनीहरूको आह्वान-
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण