रोनाल्डो अर्बपतिको सूचीमा पर्ने पहिलो फुटबल खेलाडी
सारांश
- क्रिस्टियानो रोनाल्डो १.४ बिलियन डलर सम्पत्तिका साथ अर्बपति बन्ने पहिलो फुटबल खेलाडी बनेका छन्।
- उनले साउदी क्लब अल-नासरसँगको नयाँ सम्झौताबाट आफ्नो वित्तीय हैसियत बढाएका छन्, जुन ४०० मिलियन डलरभन्दा बढीको छ।
- रोनाल्डोले सन् २००२ देखि २०२३ सम्म तलबबाट ५५० मिलियन डलरभन्दा बढी कमाएका छन्।
काठमाडौँ । ‘ब्लूमबर्ग बिलियनेर्स इन्डेक्स’को नयाँ सूची अनुसार टार फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो अर्बपतिको सूचीमा पर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । रोनाल्डोको कुल सम्पत्ति अनुमानित १.४ बिलियन डलर पुगेको छ ।
४० वर्षीय स्ट्राइकरले साउदी क्लब अल–नासरसँग जुनमा गरेको नयाँ सम्झौताले उनको वित्तीय हैसियत बढाएको हो । उक्त सम्झौता ४०० मिलियन डलरभन्दा बढीको भएको बताइएको छ ।
ब्लूमबर्गका अनुसार रोनाल्डोले सन् २००२ देखि २०२३ सम्म तलबबाट मात्र ५५० मिलियन डलरभन्दा बढी कमाएका छन् । यसका साथै नाइकसँगको १० वर्षे सम्झौता, जसले वार्षिक १८ मिलियन डलर आम्दानी हुन्छ । त्यस्तै अरमानी, क्यास्ट्रोल लगायतका अन्य विज्ञापनहरूबाट १७५ मिलियन डलरभन्दा बढी थप आर्जन गरेका छन् ।
सन् २०२३ मा म्यानचेस्टर युनाइटेडबाट अल–नासरमा आबद्ध भएपछि रोनाल्डो फुटबल इतिहासकै सर्वाधिक कमाउने खेलाडी बनेका थिए । उनको वार्षिक तलब १७७ मिलियन पाउण्ड (२३७.५२ मिलियन डलर) रहेको छ, साथै बोनस र साउदी क्लबमा १५ प्रतिशत शेयर पनि रहेको बताइएको छ । अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड लियोनेल मेस्सीले आफ्नो करियरमा ६०० मिलियन डलरभन्दा बढी करअघिको तलब कमाएका छन् ।
रोनाल्डोको अर्बपति हैसियतले उनलाई बास्केटबलका महान खेलाडी माइकल जोर्डन, म्याजिक जोन्सन र लेब्रोन जेम्स, गल्फर टाइगर वुड्स र टेनिस खेलाडी रोजर फेडेरर जस्ता सीमित खेलाडीहरूको समूहमा उभ्याएको छ ।
रोनाल्डोले चाँडै संन्यास लिने विचार नगरेको बताएका छन् । ‘मलाई अझै पनि फुटबलमा लागि राख्ने जोस छ । मेरो परिवारले अब छोड्ने बेला भयो भन्छन् र मैले ९०० भन्दा बढी गोल गरिसकेको अवस्थामा किन एकहजार गोल गर्न चाहन्छौँ भनेर सोध्छन् । तर म त्यसरी सोच्दिनँ,’ रोनाल्डोले मंगलबार पोर्चुगल फुटबल ग्लोब्स गालामा भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण