जेन–जी
खासकुरा नपरी बोलाउनुनपर्ने !
यस्तो निष्पट अँध्यारामा जानु पो कसरी हो !
जेन–जीले ढोका खोल्यो ।
चप्पलहरू ढोकाअगाडि नै रहन्थे ।
अँध्यारामा जेन–जीले खुट्टैले छामछुम पार्यो र जो भेटेको चप्पल लगाएर तल ओर्लियो ।
मिटिङ जरुरी नै रहेछ । छिमेकका धेरै मान्छे जम्मा भएका रहेछन् । सबैले आ–आफ्नो राय राखे ।
मिटिङ सकियो ।
हिँड्नै लाग्दा जेन–जीले देख्यो । अँध्यारामा उसले दुई फरक जोडाको दाहिने–दाहिने चप्पल लगाएर आएको रहेछ । चप्पल देखेपछि अघि घरबाट निस्किँदा किन अलिक असहज लागेको रहेछ भन्ने पनि उसले बुझ्यो ।
जेन–जीले सोच्यो, ‘अघि लगाएर आएकै हो । अब फेरि यही लगाएर जान्छु । के फरक पर्छ र !’
फेरि सोच्यो, ‘धत् ! अघि पो अँध्यारो थियो र क्षम्य थियो । अब उज्यालामा पनि कसैले देख्दैन वा कोही बोल्दैन भन्दैमा नमिलेका कुरालाई निरन्तरता दिनुहुन्छ । मेरा आँखाको के प्रयोजन ? यो उज्यालोको के अर्थ ?’
जेन–जीले भाइलाई मोबाइलमा म्यासेज लेख्यो, ‘मलाई एकजोर चप्पल ल्याइदे । एउटा झोला पनि लिएर आइज ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण