शुक्रबार, ०८ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अदालत

पूर्वउपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

बिहीबार, २३ असोज २०८२, २० : ००
बिहीबार, २३ असोज २०८२

सारांश

  • राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगीता भण्डारीसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
  • अख्तियारले एमआरआई मेसिन खरिदमा १२ करोड बढीको भ्रष्टाचार गरेको अभियोग लगाएको छ।
  • मुद्दामा संलग्न अन्य व्यक्तिहरूमा झन्कार लामिछाने, कैलाश प्रसाद देव, र अन्य कर्मचारीहरू छन्।

काठमाडौँ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति डा.संगीता भण्डारीसहित १३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीविरुद्ध १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगसहित मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । उनले एमआरआई मेसिन खरिदमा घोटाला गरेको अख्तियारको अनुसन्धानले देखाएको छ। 

त्यस्तै सोही प्रकरणमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, तत्कालीन फाइनान्स मेनेजर कैलाशप्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, काठमाडौँका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, प्रतिष्ठानका डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएकाे छ ।

त्यस्तै सोही प्रकरणमा प्रतिष्ठानका शाखा अधिकृत छायाँ डिसी, शाखा अधिकृत श्रीराम चौधरी, हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, तत्कालीन वरिष्ठ सहायक अन्जु शर्मा, तत्कालीन बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई, लुम्बिनी हेल्थकेयर प्रालि तथा उक्त कम्पनीका मुख्य भई कार्य गर्ने अध्यक्ष पोस्ट राज ज्ञवालीसहितलाई १२ करोड ७ लाख ६० हजार ९ सय ४६ रुपैयाँ बिगो दाबी गर्दै भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप