शहीद तथा घाइते परिवारले भने– जेनजीहरूले छुट्टै राजनीतिक दल खोल्नुपर्छ
काठमाडाैँ । आन्दोलनका शहीद तथा घाइते परिवारका सदस्यहरूले जेनजी आन्दोलनको उपलब्धिलाई रक्षा गर्नको लागि जेनजीहरुको छुट्टै राजनीतिक दल खोल्नुपर्ने बताएका छन् ।
आन्दोलन भएको एक महिना पुगेको दिन बिहीबार (असोज २३) काठमाडौंमा आयोजित राष्ट्रिय भेलामा उनीहरुले छुट्टै राजनीतिक दलको आवश्यकता औँल्याए । जेन जेड, वाई, एक्सको सहभागीसहित तत्कालै राजनीतिक दल गठन हुनुपर्ने उनीहरूको भनाइ छ ।
राजनीतिक दल गठन पश्चात जेनजी आन्दोलनले अन्तर्राष्ट्रिय मान्यता पाउने हुनाले प्राप्त उपलब्धि रक्षा गर्न सहज हुने उनीहरुले बताए ।
सरकारले तुरुन्तै शहीदहरूको सपना र घाइतेहरूको माग सम्बोधन गर्नुपर्ने उनीहरुले बताए । गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न पनि उनीहरुले माग गरे ।
जेन जीको समूह फरक–फरक भएको भन्दै उनीहरुले एकजुट हुन पनि आग्रह गरेका छन् । जेनजी आन्दोलनका उपलब्धिहरूको रक्षा र भावी योजना तय गर्ने उद्देश्यले राष्ट्रिय भेला आयोजना गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण