कांग्रेसमा कर्णको माग : मङ्सिरमा नियमित महाधिवेशन वा केन्द्रीय समिति भङ्ग
सारांश
- नेपाली कांग्रेसमा आगामी मंसिरभित्र महाधिवेशन गर्नुपर्ने माग उठेको छ।
- नेविसंघका पूर्वअध्यक्ष रञ्जित कर्णले महाधिवेशन गर्न नसके कार्यसमिति भंग गर्नुपर्ने माग गरेका छन्।
- कर्णले नयाँ पुस्तालाई निषेध गर्ने गरी विशेष महाधिवेशन मान्य नहुने बताएका छन्।
काठमाडौँ । नेपाली काङ्ग्रेसभित्र आगामी मङ्सिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने वा त्यो गर्न नसकिए वर्तमान शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति भङ्ग गर्नुपर्ने माग उठेको छ ।
नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष रञ्जित कर्णले मङ्सिरभित्र नियमित महाधिवेशन गर्न नसक्ने भएमा वर्तमान केन्द्रीय कार्यसमिति भङ्ग गर्नुपर्ने माग राखेका हुन् ।
कर्णले ‘नेपाली कांग्रेसको अबको बाटो’ शीर्षकमा धारणा सार्वजनिक गर्दै मङ्सिरभित्र नियमित महाधिवेशन गर या समिति भङ्ग गर भन्ने नारा अघि सारेका छन् । उनले नयाँ पुस्ताको निषेध गर्ने गरी विशेष महाधिवेशन मान्य नहुने पनि बताएका छन् ।
केन्द्रमा मात्रै नयाँ अनुहार लिएर निर्वाचनमा जान नसकिने बताउँदै कर्णले लेखेका छन्, ‘वडामा उही अनुहार, जिल्लामा उही अनुहार, प्रदेशमा उही अनुहार । केन्द्रमा मात्रै नयाँ अनुहार लिएर निर्वाचनमा जान सकिँदैन ।’
कांग्रेसमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन माग गर्दा कर्णसहितका युवा नेताहरूले त्यसको प्रतिवाद गर्दै नियमित महाधिवेशन गर्नुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण