मोदी–स्टार्मर भेट : भारत–बेलायत सम्बन्धमा ‘नयाँ ऊर्जा’
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती समकक्षी किर स्टार्मरलाई भारतमा स्वागत गरे, दुई देशबीचको सम्बन्धमा प्रगति भएको बताए।
- स्टार्मर १२५ सदस्यीय प्रतिनिधिमण्डलसहित भारत भ्रमणमा आएका हुन्, व्यापार सम्झौतापछि कर कटौती र शुल्क घटाउने सहमति भएको छ।
- दुवै देशले रक्षा सहयोग सम्झौता र शैक्षिक सम्बन्ध विस्तार गर्ने योजना बनाएका छन्, जसले युवाका लागि रोजगारी सिर्जना गर्नेछ।
मुम्बई । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती समकक्षी किर स्टार्मरलाई भारतमा स्वागत गर्दै दुई देश बिचको सम्बन्धमा ‘उल्लेखनीय प्रगति’ भएको बताएका छन् । उनीहरूले द्विपक्षीय व्यापार र आर्थिक अवसरहरूलाई ‘अतुलनीय’ रूपमा बढाउने वाचा गरेका छन् ।
जुलाईमा लन्डनमा हस्ताक्षर भएको व्यापार सम्झौतापछि १२५ सदस्यीय प्रतिनिधिमण्डलसहित स्टार्मर पहिलो पटक भारत भ्रमणमा आएका हुन् ।
सम्झौताअनुसार भारतले बेलायती ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरण आयातमा कर कटौती गर्नेछ भने बेलायतले भारतबाट फ्रोजन झिँगेमाछा, कपडा, जुत्ता र खाद्य उत्पादनमा शुल्क घटाउनेछ ।
प्रधानमन्त्री मोदीले यस सम्झौताले आयात लागत घटाउने, युवाहरूका लागि नयाँ रोजगारी सिर्जना गर्ने र व्यापार प्रवर्द्धन गर्ने बताए । उनले स्टार्मरलाई उनको भ्रमणले सम्बन्धमा ‘नयाँ ऊर्जाको प्रतीक’ भएको भन्दै, दुवै देशका जनताका लागि उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गरे ।
भारत र बेलायतको वार्षिक द्विपक्षीय व्यापार करिब ५४ अर्ब ८० करोड डलरको छ र दुवै देशमा ६ लाखभन्दा बढी रोजगारीमा योगदान उपलब्ध गराउँछ ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को तथ्याङ्कअनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठुलो अर्थतन्त्र बनेको थियो र यो वर्षको अन्त्यसम्म जापानलाई उछिनेर चौथो ठुलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ ।
स्टार्मरले भारतको तीव्र विकास र सम्भावनालाई विशेष महत्त्व दिँदै भने, ‘म यहाँ आएदेखि देखेको सबै कुरा प्रमाण हो कि तपाईं सफलताको बाटोमा हुनुहुन्छ । त्यसैले हामी त्यो यात्रामा साझेदार बन्न चाहन्छौँ ।’
भ्रमणका क्रममा दुई नेताले रक्षा सहयोग सम्झौता पनि घोषणा गरे र भारतमा क्याम्पस खोल्ने नौ वटा ब्रिटिस विश्वविद्यालयलाई समर्थन गर्दै शैक्षिक सम्बन्धलाई प्रवर्द्धन गर्ने योजनामा सहमति जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण