ओली, देउवा, प्रचण्डलगायतको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता
सारांश
- सरकारले पूर्वप्रधानमन्त्रीसहितका पूर्वपदाधिकारीहरुको सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ।
- गृह मन्त्रालयले मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको हो।
- शुक्रबार बिहानसम्ममा मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्ने बताइएको छ।
काठमाडौँ । सरकारले पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराईसहित सबै पूर्वपदाधिकारीहरुले लिँदै आएको मापदण्ड विपरीतका सबै सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेको छ ।
गृह मन्त्रालयले पूर्वपदाधिकारीहरूलाई स्वीकृत मापदण्डभन्दा बढी र मापदण्डबिना प्रदान गरिएका सुरक्षाकर्मी सम्बन्धित सुरक्षा निकायले तत्काल फिर्ता बोलाउने निर्णय गरेको हो । यो निर्णय वहालवाला पदाधिकारीहरूको हकमा पनि भएको गृह मन्त्रालय स्रोतले बताएको छ ।
गृहको निर्णयसँगै शुक्रबार बिहानसम्ममा मापदण्ड विपरीतका सुरक्षाकर्मी फिर्ता भइसक्नेगरी सर्कुलर गरेको प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।
हाल सबैजसो पूर्वप्रधानमन्त्रीहरुले मापदण्ड विपरीतका सुरक्षाकर्मी प्रयोग गर्दै आएका छन् । सरकारको निर्णयअनुसार ती अब सबै फिर्ता हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण