अल्मुताइरी प्रशिक्षक रहेको श्रीलङ्काले एसियन कप छनोटमा दोस्रो जित निकाल्यो
सारांश
- अब्दुल्ला अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलङ्काले एएफसी एसियन कप छनोटमा दोस्रो जित हासिल गर्यो।
- श्रीलङ्काले तुर्कमेनिस्तानलाई १-० ले हरायो, जहाँ लियोन पेरेराले निर्णायक गोल गरे।
- फिफा वरीयतामा ५९ स्थान माथि रहेको तुर्कमेनिस्तानलाई हराएर श्रीलङ्का समूह डी मा दोस्रो स्थानमा उक्लियो।
काठमाडौँ । अब्दुल्ला अल्मुताइरीको प्रशिक्षणमा रहेको श्रीलङ्काले एएफसी एसियन कप छनोट २०२७ मा दोस्रो जित निकालेको छ।
नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक समेत रहेका अल्मुताइरीले आफ्नो टोलीलाई महत्त्वपूर्ण जित दिलाउन सफल भएका हुन् ।
श्रीलङ्काले बिहीबार सम्पन्न तेस्रो चरणको खेलमा तुर्कमेनिस्तानलाई १–० ले हराएको हो । रेस कोर्स इन्टरनेसनल स्टेडियममा लिओन पेरेराले निर्णायक गोल गर्दै तुर्कमेनिस्तानलाई पराजित गरे। उनले ६७औँ मिनेटमा एक मात्रै गोल गरेका हुन्।
तुर्कमेनिस्तान फिफा वरीयतामा श्रीलंकाभन्दा ५९ स्थान माथि रहेको टोली हो। तुर्कमेनिस्तान १३८ र श्रीलङ्का १९७औँ स्थानमा छ। यसअघि श्रीलङ्काले १७३औँ स्थानको चाइनिज ताइपेईलाई ३–१ ले पराजित गरेको थियो ।
यो जितसँगै श्रीलङ्का समूह डी’ मा दोस्रो स्थानमा उक्लिएको छ। तीन खेलबाट दुई जितसहित उसले ६ अङ्क जोडेको छ। तुर्कमेनिस्तान भने समान तीन खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा छ। तर, गोल अन्तरमा अगाडि छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग
-
परीक्षामा बरामद गरिएका ४९६ थान मोबाइल नष्ट, के भन्छ सिरहा प्रहरी ?
-
इजरायली हवाई आक्रमणमा ४ जनाको मृत्यु, लेबनान युद्धविराम सम्झौता सङ्कटमा
-
सुधन गुरुङको १७ पेजको बयानसहित समितिले बुझायो ४५ पेजको प्रतिवेदन
-
मुलुकलाई राजनीतिक निकास दिनु नै तत्कालीन सरकारको मुख्य प्राथमिकता थियो : पूर्वमन्त्री सिन्हा
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण