बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय

डब्बु र बेनिसाको 'लहर झैँ'मा सरिताको अभिनय

शुक्रबार, २४ असोज २०८२, १० : १६
शुक्रबार, २४ असोज २०८२

सारांश

  • गीतकार डब्बु क्षत्रीको शब्द रहेको 'लहर झैँ' बोलको गीत सार्वजनिक भएको छ।
  • बेनिसा पौडेलको स्वर रहेको गीत पप शैलीमा तयार पारिएको छ, जसमा जुगल डङ्गोलले संगीत दिएका छन्।
  • गीतको भिडियोमा सरिता भारतीको अभिनय रहेको छ, जसको निर्देशन डब्बु क्षत्रीले गरेका हुन्।

काठमाडौँ । गीतकार डब्बु क्षत्रीको शब्द रहेको गीत 'लहर झैँ' सार्वजनिक गरिएको छ । गायिका बेनिसा पौडेलको स्वर रहेको गीत पप शैलीमा तयार छ । जसको संगीत जुगल डङ्गोलले दिएका हुन् । गीतमा संगीत संयोजन पनि जुगलकै रहेको छ । 

गीतको भिडियोमा सरिता भारतीको अभिनय  । गीतकार डब्बुकै निर्देशन रहेको भिडियो विलक्षण क्रियसन निर्माण गरेको हो ।

गीतमा एउटा युवतीको उत्साह, ती युवतीको स्वतन्त्रता र चरी झैँ उडन चाहने छ । भिडियोले त्यही देखाउन खोजेको छ । मलेसियामा छायाङ्कन गरिएको भिडियोको छायाङ्कन बद्री थापा र सम्पादन वीरेन्द्र भाट ‘बिपिन’ले गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप