गाजाबाट फर्किन थाले इजरायली सेना
सारांश
- इजरायली सेनाले हमाससँगको युद्धविरामपछि गाजाबाट फर्किन सुरु गरेको छ।
- गाजाको पश्चिमी क्षेत्रबाट सेना पहेँलो रेखातिर सरेको र केही स्थानमा अझै सवारी साधन छन्।
- युद्धविराम घोषणा भए पनि विस्फोट र गोलाबारुदका आवाजहरू पूर्ण रूपमा रोकिएका छैनन्।
रफाह । गाजाबाट इजरायली सेना फर्किन सुरु गरेका छन् । हमाससँग युद्धविराम र बन्दी आदानप्रदान सम्झौता भएलगत्तै गाजामा परिदृश्य फेरिन लागेको छ ।
गाजाको पश्चिम तिरको क्षेत्रबाट इजरायली सैन्य बलहरू पूर्वमा रहेको पहेँलो रेखातिर फर्किन थालेको बासिन्दाहरूले बताएको भन्दै बीबीसीले समाचार छापेको छ । तर सो क्षेत्रका कयौँ स्थानमा अझै पनि सशस्त्र सवारी साधन र युद्धपोतहरू भने यथावत् छन् । पहिलो चरणको युद्ध विराम सम्झौताअन्तर्गत दक्षिणी गाजाको खान युनुस् र तटीय सडक लगायतका क्षेत्रबाट यी सबै हट्ने बताइएको छ ।
युद्धविरामको घोषणा भएको भए पनि उत्तरी र दक्षिणी गाजाको केही क्षेत्रमा विस्फोट र गोलाबारुद पड्केको सुनिन छाडेको छैन । यस्तोमा युद्ध विराम कहिलेदेखि लागू होला र घर फर्किन कहिले चाहिँ सुरक्षित होला भन्नेमा कयौँ स्थानीय बासिन्दा द्विविधामा छन् ।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा इजिप्ट, कतार, टर्की र अमेरिका मिलेर गाजामा युद्ध विराम लागू गर्नेतर्फ इजरायली सेनाको आंशिक फिर्ती पहिलो कदम भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेस एकताबद्ध नभए लोकतन्त्र र संविधान सुरक्षित रहँदैन : गोविन्द भट्टराई
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण