भ्रष्टाचारविरुद्ध लाग्दा बिचौलिया र दलालको सेटिङले मेरो सरकार ढलेको थियो : प्रचण्ड
सारांश
- प्रचण्डले बिचौलिया र दलालहरूको सेटिङका कारण आफू सत्ताबाट हटेको आरोप लगाए।
- उनले संविधान र लोकतन्त्रको मर्म विपरीत सरकार गठन भएको र देश संकटमा फसेको बताए।
- प्रचण्डले देशलाई संकटबाट निकाल्न र युवाहरूको आवाज सम्बोधन गर्न राष्ट्रिय सहमतिको आवश्यकता औंल्याए।
ललितपुर । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको पूर्ववर्ती सरकारले भ्रष्टाचारविरुद्ध चालेको अभियानबाट अत्तालिएको बिचौलिया र दलालहरूको ‘सेटिङ’ले आफूलाई सत्ताबाट हटाएको पुनः दाबी गरेका छन् ।
जेनजी आन्दोलनबाट ढलेको केपी ओली सरकारले प्रचण्ड नेतृत्वको सरकारलाई विस्थापन गरेको थियो ।
उनले संविधान र लोकतन्त्रको मर्म विपरीत सरकार गठन गरिएकाले देश आज गम्भीर सङ्कटमा फसेको र त्यसैको परिणामस्वरूप ‘जेनजी’ आन्दोलनजस्ता घटनाहरू जन्मिएको विश्लेषणसमेत गरे ।
शुक्रबार ललितपुरमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँग अन्तरक्रिया गर्दै अध्यक्ष प्रचण्डले देशको राष्ट्रिय स्वाधीनता र जनताको आत्मनिर्णयको अधिकारमाथि इतिहासमै ठुलो सङ्कट आइपरेको बताए ।
आफ्नो १८ महिने कार्यकालको बचाउ गर्दै प्रचण्डले भने, ’सरकारको नेतृत्व गर्दैगर्दा हामीले भ्रष्टाचारविरुद्ध एउटा अभियान आवश्यक छ भन्ने ठान्यौँ र त्यो अगाडि बढायौँ पनि। तर देशमा एउटा वर्ग, एउटा समुदाय छ, जसलाई आजभोलि हामी बिचौलिया वा दलाल भन्छौँ, उनीहरूको बिगबिगी नै देखेँ मैले ।’
प्रचण्डले आफूले विश्वासको मत लिने दिन नै संसद्मा जेनजी आन्दोलनअघि सत्ता गठबन्धनलाई यस्तो कदमको परिणाम गम्भीर हुने चेतावनी दिएको स्मरण गराए ।
उनले ‘जेनजी’ आन्दोलनलाई देशमा बढेको बेथिति र असन्तुष्टिको उपजको रूपमा व्याख्या गर्दै यसले सबै राजनीतिक दलहरूलाई गम्भीर समीक्षाका लागि घच्घच्याएको बताए ।
देशलाई यो सङ्कटबाट निकास दिन र युवाहरूको आवाजलाई सम्बोधन गर्न बृहत् राष्ट्रिय सहमति अनिवार्य रहेकोमा उनको जोड थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण