बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

झापामा नालीभित्र पुरुषको शव भेटियो

शुक्रबार, २४ असोज २०८२, १४ : ४१
शुक्रबार, २४ असोज २०८२

सारांश

  • दमक-७ पशुहाटस्थित नालीमा अन्दाजी ५५ वर्षका एक पुरुषको शव फेला परेको छ।
  • शव फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
  • मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

झापा । झापाको दमक नगरपालिका–७ पशुहाटस्थित नालीभित्र एक पुरुषको शव फेला परेको छ । कर्कटपाताको छानो भएको पशु राख्ने टहरामा गाईवस्तुले पानी खाने नालीभित्र स्थानीयले आज शव देखेपछि इलाका प्रहरी कार्यालय दमकलाई खबर गरेका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार मृतक अन्दाजी ५५ वर्षका पुरुष रहेका र उनको पहिचान खुल्न सकेको छैन । मृतकको दाहिने गालामा धारिलो हतियारको घाउ रहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप