पेरुकी राष्ट्रपति बोलुआर्तेलाई हटाइयो
सारांश
- पेरुका राष्ट्रपति दिना बोलुआर्तेलाई कङ्ग्रेसले महाभियोग लगाएर पदबाट हटायो।
- सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै सांसदहरूले बोलुआर्तेलाई पदमुक्त गरे।
- राजधानी लिमामा कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि जनआक्रोश बढेको थियो।
लिमा । दक्षिण अमेरिकी राष्ट्र पेरुमा राष्ट्रपति दिना बोलुआर्तेलाई पदबाट हटाइएको छ । त्यहाँको कङ्ग्रेसले बिहीबार राति महाभियोगको पक्षमा मतदान गरेपछि बोलुआर्ते पदच्युत भएकी हुन् ।
सरकार अपराध नियन्त्रण गर्न असफल भएको भन्दै बोलुआर्तेलाई हटाउनका लागि प्रस्तुत चारवटा अलग–अलग प्रस्तावलाई सांसदले अनुमोदन गरेका थियो । एक सय ३० सदस्यीय एक सदनीय कङ्ग्रेसको प्रस्तावले आवश्यक न्यूनतम ५६ मतभन्दा बढी प्राप्त गरेपछि राष्ट्रपति पदमाथि बहस र महाभियोग प्रक्रियाको बाटो खुलेको थियो ।
त्यसपछि संसद्ले राष्ट्रपति बोलुआर्तेलाई आफ्नो पक्षमा बचाउ गर्न मध्यरातअघि उपस्थित हुन औपचारिक अनुरोध गर्यो । अन्ततः १२४ सांसदले महाभियोगको पक्षमा मतदान गरे । यो निर्णय राजधानी लिमामा आयोजित एक लोकप्रिय कन्सर्टमा गोली चल्दा पाँच जना घाइते भएपछि आएको हो । सो घटनाले देशभर अपराध नियन्त्रणमा सरकारको अक्षमताप्रति जनआक्रोश तीव्र बनाएको थियो ।
यसअघि बोलुआर्तेलाई हटाउन गरिएका आठ वटा प्रयास असफल भएका थिए । तर यसपटक करिब सबै दलले महाभियोगको पक्षमा समर्थन जनाए । संविधानअनुसार राष्ट्रपति हटाउन ८७ मत आवश्यक पर्छ । यही प्रावधान प्रयोग गरेर सन २०२२ डिसेम्बरमा उनका पूर्ववर्तीलाई पनि संसद्ले पदच्युत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
-
प्रधानमन्त्री कार्यालयको स्वीकृतिबिना कर्मचारीको नयाँ दरबन्दी सृजना गर्न नपाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण