सचिवालय बैठक
एकीकृत समाजवादीको बैठकमा तीन विषयमा रिपोर्टिङ
शुक्रबार, २४ असोज २०८२, २१ : १२
सारांश
- नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा नेताहरूले आन्दोलनपछिको राजनीतिक अवस्थाबारे रिपोर्टिङ गरे।
- बैठकमा समाजवादी मोर्चा र प्रतिनिधि सभा निर्वाचनबारे छलफल भएको थियो, तर कुनै निर्णय भएन।
- उपमहासचिव रामकुमार भट्टराईका अनुसार पार्टी निर्वाचनप्रति सकारात्मक छ।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठकमा जेनजी आन्दोलनपछिको राजनीतिक अवस्था, समाजवादी मोर्चामा रहेका दलहरूबिच सहकार्य र एकता तथा सरकारले घोषणा गरेको प्रतिनिधि सभा निर्वाचनबारे नेताहरूले रिपोर्टिङ गरेका छन् ।
शुक्रबार बसेको बैठकमा तीन विषयमा नेताहरूले रिपोर्टिङ गरेपछि छलफल र निर्णय नभएको उपमहसचिव रामकुमार भट्टराईले जानकारी दिए । ‘नेताहरूको रिपोर्टिङ सुन्ने काम भयो, अर्को बैठकमा छलफल गरेर निर्णयमा पुगिन्छ’, भट्टराईले भने, ‘निर्वाचनप्रति हाम्रो पार्टी पोजेटिभ नै छ ।’
भट्टराईका अनुसार अर्को बैठकको मिति भने तय भैसकेको छैन । ‘अर्को बैठक भोलि नै बस्न पनि सक्छ । एक दुई दिनपछि पनि हुनसक्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण