गोल्यान ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई शिक्षा र स्वास्थ्यमा सघाउने
काठमाडौँ । गोल्यान ग्रुपले २३ र २४ भदौको जेनजी आन्दोलनका सहिद परिवारलाई शिक्षा र स्वास्थ्यमा आधारित सहयोग गर्ने भएको छ ।
ग्रुपले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी उनीहरूको साहसको सम्मान र प्रभावित परिवारप्रति सहानुभूति प्रकट गर्दै सहिद परिवारहरुमा समर्पित सहयोग कार्यक्रम घोषणा गरेको जनाएको छ ।
‘सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यको लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गर्ने । छात्रवृत्ति कार्यक्रममा सामेल बालबालिकाको रुचि र क्षमताअनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता प्रदान गर्ने’, गोल्यानले ग्रुपले भनेको छ ।
ग्रुपले सहिदका आमाबुबाका लागि स्वास्थ्य बीमामार्फत उनीहरुको दीर्घकालीन स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने घोषणा गरेको छ । ‘भावनात्मक रूपमा हामी सँगै छौं, सँगै उभिन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘हामी सहिद परिवारप्रति सहकार्यको हात अघि बढाउन चाहन्छौं ।’
गोल्यान ग्रुपका कर्पोरेट अफेयर्स एन्ड कम्युनिकेसन्स प्रमुख ज्योति गैरेले सहिदका दाजुभाइ–दिदीबहिनी र सन्तानको अध्ययन तथा उज्ज्वल भविष्यका लागि १२ कक्षासम्म निःशुल्क शिक्षाको प्रबन्ध गरिदिने बताइन् । उनका अनुसार छात्रवृत्ति कार्यक्रममा सहभागी बालबालिकाको रुचि र क्षमता अनुसार अतिरिक्त क्रियाकलापमा आवश्यक सहायता समेत प्रदान गरिनेछ ।
गोल्यान ग्रुपले प्रत्येक प्रभावित परिवारको गोपनीयता र मर्यादालाई उच्च प्राथमिकता राख्दै कुनै पनि नाम वा तस्वीर सार्वजनिक नगर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण