नेपालबाट बाहिरियो मनसुन
शुक्रबार, २४ असोज २०८२, २० : ४७
काठमाडौँ । नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ ।जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबारदेखि यस वर्षको मनसुन नेपालबाट बाहिरिएको हो ।
नेपालबाट मनसुन बाहिरिएसँगै नदीनालाहरू उल्लेख्य बढ्ने सम्भावना नरहेको भन्दै बाढीको पूर्वानुमान र पूर्वसूचनाको नियमित २४ घण्टे सेवा समेत स्थगित गरिएको छ।
मनसुन बाहेकको अवधिमा कुनै बाढीजन्य घटना आकलन, पूर्वानुमान वा सृजना भएमा तुरुन्तै २४ घण्टे बाढी पूर्वसूचना सेवा तत्कालिक रूपमा सञ्चालन गरिने समेत विभागले जनाएको छ ।
यस वर्षको मनसुन बहिर्गमनको सुरुवात सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भूभागको थोरै स्थानहरूबाट भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण