बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

मधेश प्रदेश सभा बैठक २८ गते बस्ने

शनिबार, २५ असोज २०८२, १७ : ४९
शनिबार, २५ असोज २०८२

काठमाडौँ । मधेश प्रदेशका प्रदेश सभाका सभामुख रामचन्द्र मण्डलले असोज २८ गतेका लागि प्रदेश सभाको बैठक बोलाएका छन् । 

असोज २८ गते एक १ बजे प्रदेश सभाको बैठक बस्ने मधेस प्रदेश सभाको सचिवालयले जनाएको छ ।

अल्पमतमा परेका मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले असोज २८ गते विश्वासको मत लिँदै छन् । 

मुख्यमन्त्री सिंहले राजीनामा नदिए पनि नेपाली कांग्रेस, नेकपा एमाले र जनमत पार्टी अर्को सरकारका लागि ५८ जना प्रदेश सभा सदस्यको नाम प्रदेश प्रमुखलाई बुझाई सकेका छन् । प्रदेश सरकार गठन गर्नका लागि ५४ जना सांसद चाहिन्छन् ।  

सतिश सिंह जनमत पार्टीबाट नै मुख्यमन्त्री बनेका थिए । जेनजी आन्दोलनपछि जनमत पार्टीले उनलाई राजीनामा दिन निर्देशन दिएको थियो । सो निर्देशनअनुसार फेसबुकबाट उनले राजीनामा घोषणा गरेका थिए । तर पछि उनले फेसबुकको राजीनामा मान्य नहुने भन्दै मुख्यमन्त्रीमा कायम रहेको बताएका थिए ।

त्यसपछि पनि जनमत पार्टीले मुख्यमन्त्रीलाई फिर्ता बोलाएको निवेदन प्रदेश प्रमुखको कार्यालयमा दर्ता गराएको थियो । अहिले कांग्रेस र एमालेसँग मिलेर आफ्नै सरकारविरुद्ध अर्को सरकार बनाउन लागिपरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप