नाम्खाको तुम्लिङमा यात्रु रोकिए, न्यालु सडक अझै खुलेन
सारांश
- हुम्लाको लिमी घुम्न गएका ४० जनाभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक हिमपातका कारण अलपत्र परेका छन्।
- हिमपातले न्यालु लेकको बाटो अवरुद्ध हुँदा उनीहरू तुम्लिङमा रोकिएका छन् र पाँच/छ दिनदेखि उतै रोकिनुपरेको छ।
- न्यालु लेकमा परेको हिउँ पन्छाउने कार्य अघि बढ्न सकेको छैन, तर आज वा सोमबारसम्म बाटो खुलाउने प्रयास भइरहेको छ।
हुम्ला । उत्तरी नाम्खा गाउँपालिका–६ लिमी घुम्न गएका ४० जनाभन्दा बढी यात्रु अलपत्र परेका छन् । सोमबार र मङ्गलबार परेको हिमपातले घुम्न गएका आन्तरिक र बाह्य पर्यटक लिमी क्षेत्रको तुम्लिङमा रोकिएका छन् ।
पर्यटकीय क्षेत्र नाम्खा गाउँपालिकाको लिमीको पदयात्रा सकाएर सिमकोट फर्किने क्रममा दुई दिन परेको बाक्लो हिमपातले न्यालुको बाटो छिचोल्न नसकेपछि उनीहरू तुम्लिङमा रोकिएका तुम्लिङमा रहेका उब्जन रावतले बताए । हिमपातका कारण नाम्खा गाउँपालिका–६ को लिमीको न्यालु लेकको बाटो अवरुद्ध हुँदा सवारीसाधनले सडकको हिउँ छिचोल्न नसकेर आफूहरू पाँच/छ दिनदेखि उतै रोकिनुपरेको रावतले बर्ता ।
न्यालु लेकमा परेको तीन फिट बढी हिउँ पन्छाउने कार्य अघि बढ्न सकेको छैन । शनिबार दिउँसो घाम लागेपनि यात्रुले हिउँ पन्छाउन खोज्दा नसकिएको उनको भनाइ छ । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउनका लागि लिमीको तुम्लिङमा टेलिफोन सेवाले काम नगर्दा साढे एक घण्टा पैदलयात्रा गरिसकेपछि सम्बन्धित निकायमा हिउँ पन्छाउन आग्रह गरेको रावत बताउँछन् ।
हिमपातले बाटो बन्द भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा समस्या रहेको तुम्लिङमै रहेका पवन रोकायाले बताए । न्यालु लेकको सडकमा जमेको हिउँ पन्छाउने कार्य सकभर आज हुने नभए सोमबारसम्म पन्छाइसकिने भएको पूर्वाधार विकास कार्यालयका प्रमुख नरेशराज जैसीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण