हलिउड अभिनेत्री डायन किटनको निधन
सारांश
- हलिउड अभिनेत्री डायन किटनको ७९ वर्षको उमेरमा निधन भयो।
- उनी 'एनी हल', 'द गडफादर' जस्ता चर्चित फिल्महरूमा अभिनय गरेकी थिइन्।
- किटनले अनौठो शैली र जीवन्त अभिनयबाट दर्शकको मन जितेकी थिइन्।
लस एञ्जलस । प्रसिद्ध हलिउड अभिनेत्री डायन किटनको निधन भएको छ । ७९ वर्षको उमेरमा किटनको निधन भएको हो । किटन एनी हल, द गडफादर र फादर अफ द ब्राइड आदि फिल्मका लागि परिचित छिन् ।
अनौठो शैली, जीवन्त व्यक्तित्व र अभिनयको गहिराइले उनलाई आफ्नो पुस्ताको सबैभन्दा विशिष्ट अभिनेत्रीहरू मध्ये एक बनाएको थियो । किटनको निधनले हलिउड र विश्वभरका फिल्म प्रेमीहरूलाई ठूलो धक्का लागेको छ । उनको मृत्युको कारण तत्कालै खुलाइएको थिएन ।
डायन किटनको जन्म १९४६ को जनवरीमा लस एन्जलसमा भएको थियो । उनको वास्तविक नाम डायन हल थियो । उनको परिवार फिल्म उद्योगसँग जोडिएको थिएन । तर किटनलाई थिएटर र गायनतिर रुचि थियो । उनले न्यूयोर्कमा सानफोर्ड मेइसनरबाट अभिनयको अध्ययन गरे, जसले उनलाई मानव व्यवहारको जटिलताहरू अन्वेषण गर्ने स्वतन्त्रता दियो ।
किटनले १९६८ मा ब्रोडवेमा ‘हेयर’ र ‘प्ले इट अगेन, साम’मा अभिनय गरेकी थिइन् । यसका लागि उनी टोनी अवार्डको लागि मनोनीत भइन् । किनटले १९७० को ‘लभर्स एण्ड अदर स्ट्रेंजर्स’बाट फिल्म उद्योगमा डेब्यू गरेकी थिइन् । तर ृनलाई फ्रान्सिस फोर्ड कोपोलाको ‘द गडफादर’ले चर्चा दिलायो । यसलाई अहिलेसम्मकै सबैभन्दा प्रिय फिल्महरू मध्ये एक मानिन्छ ।
किटनले १९७० को दशकमा ‘स्लीपर’, ‘लभ एण्ड डेथ’, ‘इन्टेरियर्स’, ‘म्यानहट्टन,’ ‘म्यानहट्टन मर्डर मिस्ट्री’, र ‘प्ले इट अगेन, साम’ लगायत वुडी एलेनका कयौं फिल्ममा अभिनय गरेकी थिइन् । यद्यपि, उनको सबैभन्दा स्मरणीय भूमिका ‘एनी हल’मा थियो । यसमा उनको विचित्र र आत्म–मग्न शैली दर्शकहरूले सधैं सम्झनेछन् । किटनले आफ्नो करियरमा चार ओस्कर नामांकन प्राप्त गरिन । उनले ‘एनी हल’को लागि पहिलो ओस्कर जितिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण