थापाले विश्व आईटीएफमा खेल खेलाए
सारांश
- घमबहादुर थापाले २३ औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निभाए।
- इटालीको जेसोलोमा अक्टोबर ३ देखि सुरु भएको प्रतियोगिता आइतबार सम्पन्न भयो।
- थापा दोस्रो पटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको अम्पायरमा मनोनीत भएका हुन्।
काठमाडौँ । आईटीएफ तेक्वान्दोका अन्तर्राष्ट्रिय अम्पायर घमबहादुर थापाले २३ औँ आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
अक्टोबर ३ देखि सुरु भई आइतबार सम्पन्न प्रतियोगिता इलाटीको जेसोलोमा भएको थियो । प्रतियोगिताका लागि आईटीएफ अम्पायर कमिटीले थापालाई निर्णायक मनोनीत गरेको थियो । उक्त प्रतियोगिताका थापासहित विभिन्न राष्ट्रबाट कमिटीले ८० अम्पायर छनोट गरेको थियो ।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का महासचिव समेत रहेका थापा दोस्रोपटक आईटीएफ तेक्वान्दो विश्व च्याम्पियनसिपको अम्पायरमा मनोनीत भएका हुन् । सन् २०१९ मा बुल्गेरियामा भएको २१ औँ संस्करणमा पनि थापाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
थापाले विभिन्न राष्ट्रमा भएका दक्षिण एसियाली, एसियाली, विश्व कप, कन्टिनेन्टललगायतका प्रतियोगितामा पनि निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
सरकारको निर्णयले शिक्षा क्षेत्रलाई राहत पुग्ने शिक्षामन्त्रीको विश्वास
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण