५ घण्टादेखि एमाले र एकीकृत समाजवादीको बैठक जारी
काठमाडौँ । पछिल्लो राजनीतिक अवस्था र पार्टीले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न बसेको नेकपा एमाले र नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक झण्डै ५ घण्टादेखि जारी छ ।
एमाले सचिवालय बैठक अध्यक्ष ओलीको अस्थायी निवास भक्तपुरको गुण्डुमा बसिरहेको छ भने एकीकृत समाजवादीको काठमाडौँको एक होटलमा बसिरहेको छ ।
शुक्रबारबाट सुरु भएको दुवै पार्टीको बैठकमा पार्टी रूपान्तरण र पुनर्गठनका विषयमा छलफल भइरहेको छ । एमालेभित्र बहुमत पदाधिकारीले अध्यक्ष ओलीको राजीनामा माग्दै महाधिवेशन गर्न मागेका छन् ।
जेनजी आन्दोलनका क्रममा भएको कमजोरी र पार्टी पुनर्गठनका सवालमा समेत गम्भीर छलफल सुरु भएको एमालेका १९ पदाधिकारीमध्ये पहिलो दिन ९ पदाधिकारीले धारणा राखेका थिए । जसमा ६ जनाले ओलीलाई मार्गप्रशस्त गर्न वा राजीनामा दिन सुझाव दिएका थिए ।
आजको बैठकमा बोल्ने अधिकांश पदाधिकारीले पनि ओलीलाई मार्गप्रशस्त गर्न सुझाव दिँदै पार्टी रूपान्तरण गर्नुपर्ने सुझाव दिएको स्रोतको भनाइ छ ।
एमाले सचिवालय बैठकले सदस्यहरूको माग अनुसार महाधिवेशनको मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ । सचिवालयको प्रस्ताव असोज २९ गतेबाट बस्ने केन्द्रीय कमिटी बैठकले अनुमोदन गर्ने बताइएको छ ।
उता नेकपा एकीकृत समाजवादीको बैठकमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने कि नगर्ने भन्नेमा छलफल भइरहेको नेताहरूले बताएका छन् । समाजवादी मोर्चामा रहेका चार दलबिच पार्टी एकता गर्ने गरी ती दलबिच पछिल्लो समय छलफलहरू भइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण