प्रहरी श्रीमती संघद्वारा एरिकालाई सम्मान
सारांश
- एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ।
- उनले मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज 'ए' मा नेपालका लागि स्वर्ण पदक जितेकी थिइन्।
- प्रहरी श्रीमती संघले उनलाई २५ हजार पाँच सय ५५ रूपैयाँसहित सम्मान गरेको हो।
काठमाडौं । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा ऐतिहासिक सफलता हात पारेकी एरिका गुरुङलाई नेपाल प्रहरी श्रीमती संघले नगदसहित सम्मान गरेको छ।
एरिकाले गत असोज १७ देखि १९ सम्म मलेसियामा सम्पन्न डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् । नेपाल प्रहरी श्रीमती संघले आइतबार भृकुटीमन्डपस्थित आफ्नै कार्यालयमा आयोजित कार्यक्रममा एरिकालाई २५ हजार पाँच सय ५५ रूपैयाँसहित सम्मान गर्यो । संघकी अध्यक्ष भावना श्रेष्ठ खापुङले एरिकालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिन् ।
सोही अवसरमा संघले नेपाली राष्ट्रिय कराते टोलीका प्रशिक्षक तथा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता मन्डेकाजी श्रेष्ठलाई पनि सम्मान गरेको थियो ।
नेपाल पुलिस क्लबकी खेलाडी एरिकाले गत शुक्रबार सम्पन्न च्याम्पियनसिपमा कुमितेको ६८ केजी तौलमाथि स्वर्ण जितेकी थिइन् । उनले ट्युनिसियाकी मसाक्नी टेस्निम, चेक रिपब्लिककी हाकोभा अमाली र पोल्यान्डकी डेनिस्जेवस्का जुलियालाई हराउँदै स्वर्ण जितिन् ।
सेमिफाइनलमा हाकोभालाई ७–० ले पराजित गरेकी एरिकाले फाइनलमा मसाक्नीलाई २–० ले हराइन् । कराते वान सिरिज ‘ए’ मा स्वर्ण पदक जित्ने एरिका पहिलो नेपाली खेलाडी पनि हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण