जनमत विभाजन
सीके राउत नेतृत्वको जनमत विभाजन, असन्तुष्ट नेताहरूले नयाँ पार्टीका लागि आयोगमा दिए निवेदन
आइतबार, २६ असोज २०८२, १९ : ३०
सारांश
- डा. सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ।
- जनमत पार्टीका २० प्रतिशतभन्दा बढी केन्द्रीय सदस्यहरूले पार्टी विभाजनको लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्।
- पार्टीबाट कारबाहीमा परेका दीपक साहले जनस्वराज पार्टी घोषणा गरी दर्ताको लागि निवेदन दिए।
काठमाडौँ । डा.सीके राउत नेतृत्वको जनमत पार्टी विभाजन भएको छ । पार्टीमा रहेको केन्द्रीय समितिको २० प्रतिशत भन्दा बढी केन्द्रीय सदस्यहरूको हस्ताक्षरसहितको निवेदन निर्वाचन आयोगमा दर्ता गराएको छ ।
जनमत पार्टीबाट कारबाहीमा परेका दीपक साहले यसअघि नै जनकपुरमा बैठक बसेर जनस्वराज पार्टी घोषणा गरेका थिए ।
आज सोही जनस्वराज पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । जनमत पार्टीका २० प्रतिशत सदस्यहरूको हस्ताक्षरसहित निर्वाचन आयोगमा निवेदन दर्ता गराएको जनस्वराज पार्टीका आर्थिक विभाग प्रमुख सुरेन्द्रनारायण यादवले बताए ।
उनले भने,‘जनमत पार्टीका थुप्रै नेताहरूले हस्ताक्षर गरिसकेका छन् सो हस्ताक्षरसहितको निवेदन दर्ता भइसकेको छ, अन्य प्रक्रिया जारी छ ।’
उनले कसको नेतृत्वमा पार्टी दर्ताका लागि निवेदन दिएको भन्ने विषयमा बताउन चाहेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण