गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
सारांश
- गाजा सहरमा हमास र दुघमुश परिवारबीचको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ।
- झडप तेल अल-हावा क्षेत्रमा भएको थियो, जसमा दुवै पक्षले एकअर्कालाई दोष लगाएका छन्।
- हमास र दुघमुश परिवारबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ।
गाजा । गाजा सहरमा हमासका सुरक्षा बल र दुघमुश परिवारका सशस्त्र सदस्यहरूबिच भएको झडपमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । इजरायली सैन्य कारबाही समाप्त भएपछि गाजाभित्र भएको यो सबैभन्दा हिंसक आन्तरिक झडप हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार, सहरको जोर्डन अस्पताल नजिकै मास्क लगाएका हमासका बन्दुकधारीहरूले सशस्त्र समूहका सदस्यहरूसँग गोली हानाहान गरेका थिए । हमास नियन्त्रित आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले सुरक्षा युनिटले उनीहरूलाई घेरेर नियन्त्रणमा लिन ठुलो झडप भएको बताए ।
मन्त्रालयले 'एक मिलिसियाको सशस्त्र आक्रमण' मा आफ्ना आठ सदस्य मारिएको जानकारी दियो । चिकित्सा स्रोतहरूका अनुसार शनिबारदेखि सुरु भएको लडाइँमा दुघमुश परिवारका १९ सदस्य र आठ हमास लडाकु मारिएका छन् ।
झडप गाजा सहरको तेल अल-हावा क्षेत्रमा भएको थियो । एक बासिन्दाले भने, ‘यसपटक मानिसहरू इजरायली आक्रमणबाट भागिरहेका थिएनन् । उनीहरू आफ्नै मानिसबाट भागिरहेका थिए ।’
गाजाको प्रमुख मध्येको एक दुघमुश परिवारको हमाससँगको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ । हमासले आफ्नो फौजले कानुन र व्यवस्था पुनर्स्थापित गर्न खोजिरहेको बतायो ।
दुवै पक्षले झडप सुरु गराएकोमा एक-अर्कालाई दोष लगाएका छन् । हमासले दुघमुश समूहले आफ्ना दुई लडाकु मारेपछि कारबाही सुरु गरेको बतायो । तर, दुघमुश परिवारका एक स्रोतले हमासले अस्पताललाई आफ्नो नयाँ अड्डा बनाउनका लागि परिवारलाई जबरजस्ती बाहिर निकाल्न खोजेको दाबी गरेका छन् ।
इजरायली सेना हटेपछि हमासले आफ्नो नियन्त्रण पुन: स्थापित गर्न करिब ७ हजार सुरक्षाकर्मी फिर्ता बोलाएको स्थानीय स्रोतले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको अध्यक्षमा खत्री निर्वाचित, कार्यसमितिमा प्यानलकै वर्चस्व
-
सर्वदलीय बैठकमा कांग्रेसबाट आङ्देम्बे र खातुन सहभागी
-
सिन्धुलीको पर्यटन प्रवर्द्धनका लागि नागरिक स्तरबाट श्वेतपत्र जारी, सांसद गजुरेललाई बुझाइयो मागपत्र
-
रास्वपा रौतहटको जिल्ला अधिवेशन विवादमा, निर्वाचन प्रक्रिया तत्कालका लागि स्थगित
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण