शिशुलाई नुन र मह खुवाउने कि नखुवाउने ?
सारांश
- बालरोग विशेषज्ञ डा. रामहरि चापागाईंले शिशुलाई नुन र मह खुवाउन नहुने सुझाव दिएका छन्।
- उनका अनुसार, एक वर्षमुनिका शिशुलाई मह र नुन खुवाउनु स्वास्थ्यका लागि हानिकारक हुन सक्छ।
- डा. चापागाईंले नेपालमा पाइने महमा 'बोटुलिनम टक्सिन'को जोखिम हुने हुनाले एक वर्षमुनिका बच्चालाई मह नखुवाउन सुझाव दिए।
काठमाडौँ । शिशुलाई नुन र मह खुवाउनुहुन्छ कि हुँदैन ? यस विषयमा धेरै अभिभावक अन्योलमा हुन्छन् । अझ परिवारमा ज्येष्ठ नागरिक पनि छन् भने त यस विषयलाई लिएर ठुलै मतभेद हुने गर्छ ।
बालरोग विशेषज्ञ डा. रामहरि चापागाईँ शिशुलाई अतिरिक्त नुन खुवाउन नहुने सुझाव दिन्छन् । उनका अनुसार एक वर्षमुनिका बच्चालाई महबाट पनि टाढै राख्नुपर्छ ।
मानव शरीरका लागि नुन अपरिहार्य भए पनि यसको अत्यधिक सेवन हानिकारक हुन्छ । दैनिक जीवनमा तरकारी, दालमोठ, बिस्कुट जस्ता तयारी खानेकुराका साथै केरा जस्ता फलफूलमा समेत प्राकृतिक रूपमा सोडियम नुन पाइन्छ ।
‘यसरी हेर्दा हामीले सामान्यतया दैनिक जति नुन सेवन गर्छौं, त्यो शरीरलाई चाहिने मात्राभन्दा बढी नै हुन्छ’, डा. चापागाईं भन्छन् ।
उच्च रक्तचापको समस्या धेरै वयस्कमा देखिइरहेको छ । बालबालिकामा पनि उच्च रक्तचापको समस्या देखिन थालेको छ । यसरी उच्च रक्तचाप हुनुको प्रमुख कारण अत्यधिक नुनको सेवन हो ।
अभिभावकहरूले एक चिम्टी नुन मात्रै हो भने पनि त्यो सानो बच्चाको शरीरको अनुपातमा निकै धेरै हुन सक्छ ।
डा. चापागाईं नेपाली जनमानसमा तरकारीमा नुन हालेपछि मात्रै नुनमार्फत आयोडिन पाइन्छ भन्ने भ्रम रहेको बताउँछन् । तर शरीरमा नुनका धेरै स्रोत हुने उनी बताउँछन् ।
राष्ट्रिय योजना आयोगले यस वर्ष नुनको उपयोगलाई वाञ्छित सीमाभित्र राख्ने लक्ष्य नै लिएको छ । जसले अत्यधिक नुन सेवन कम गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ । विशेषगरी ६ महिनादेखि एक वर्षसम्मका शिशुलाई खानेकुरामा छुट्टै नुन थप्नु आवश्यक नभएको डा. चापागाईं बताउँछन् ।
अभिभावकहरूले एक चिम्टी नुन मात्रै हो भने पनि त्यो सानो बच्चाको शरीरको अनुपातमा निकै धेरै हुन सक्छ । ‘एक चम्चा नुन सात जनाले खाने तरकारीमा हाल्दा प्रतिव्यक्ति कम पर्छ तर त्यही एक चिम्टी नुन एउटा बच्चाको जाउलोमा हाल्दा उसले मात्रै उपभोग गर्छ, जसले उसको शरीरमा नुनको मात्रा अत्यधिक बढाउँछ’, डा. चापागाईं भन्छन्, ‘त्यसैले शिशुका लागि एक्स्ट्रा नुन हालिरहन रहन आवश्यक छैन ।‘

- शिशुलाई महको जोखिम
नेपालमा केही समुदायमा जन्मिने बित्तिकै मिठो खुवाउने भनेर मह चटाउने चलन छ । परम्परागत रूपमा बच्चा जन्मिने बित्तिकै मह चटाइदिने चलन भए पनि आधुनिक चिकित्सा विज्ञानले यसलाई सम्भावित मान्छ ।
नेपालमा पाइने अधिकांश महमा ‘बोटुलिनम टक्सिन’ नामक विष हुनसक्ने भएकाले एक वर्षभन्दा कम उमेरका बच्चालाई मह खुवाउन नमिल्ने बालरोग विशेषज्ञ डा. चापागाईं बताउँछन् ।
‘बोटुलिनम टक्सिन’ जति सानो बच्चाले सेवन गर्छ, त्यति नै बढी असर गर्छ । किनभने बच्चाको शरीरको तौल कम हुन्छ’, डा. चापागाईं भन्छन्, ‘५ किलोको मान्छेले त्यति नै टक्सिन खायो भने धेरै असर गर्छ, तर १०० किलोको मान्छेलाई खासै वास्ता हुँदैन ।’
महमा पोषणको दृष्टिले हेर्दा ‘माल्टोज’ नामक दोहोरो चिनी (डबल सुगर) हुन्छ । जसले गुलियो स्वाद र शक्ति प्रदान गर्छ ।
नेपालमा गाउँघरमा उपलब्ध हुने वा स्थानीय बजारबाट खरिद गरिने महमा यस्तो टक्सिन छ कि छैन भनी परीक्षण गर्ने व्यवस्था हुँदैन । विशेषगरी भीर मौरीको मह जस्ता परम्परागत महमा ‘बोटुलिनम टक्सिन’ जोखिम अझ बढी हुन सक्ने डा. चापागाईं बताउँछन् । त्यसैले जोखिमबाट बच्न एक वर्षभन्दा कम उमेरका शिशुलाई मह खुवाउनबाट जोगाउनु नै बुद्धिमानी हुने उनी सुझाउँछन् ।
महमा पोषणको दृष्टिले हेर्दा ‘माल्टोज’ नामक दोहोरो चिनी (डबल सुगर) हुन्छ । जसले गुलियो स्वाद र शक्ति प्रदान गर्छ । यसको विकल्पमा अन्य सुरक्षित र पौष्टिक गुलियो पदार्थ प्रयोग गर्न सकिने र त्यसले शिशुलाई आवश्यक ऊर्जा पनि दिने उनी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण