बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

धनकुटामा ट्रक दुर्घटना, चालक र सहचालक गम्भीर घाइते

सोमबार, २७ असोज २०८२, ०९ : २०
सोमबार, २७ असोज २०८२

सारांश

  • धनकुटामा ट्रक दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
  • ब्रेक फेल भएर ट्रक ३०० मिटर तल खसेको थियो।
  • घाइतेहरुलाई अस्पताल पठाइएको छ, उद्धार कार्य सशस्त्र प्रहरी र प्रहरी चौकीले गरेको थियो।

धनकुटा । धनकुटामा सोमबार बिहान भएको ट्रक दुर्घटनामा परी दुई जना गम्भीर घाइते भएका छन्।

धनकुटा नगरपालिका-९, पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मूलघाटतर्फ आउँदै गरेको प्र.३-०१-००३ क ६९०६ नम्बरको मिनी ट्रक अचानक ब्रेक फेल भई सडकबाट करिब ३०० मिटर तल खसेको थियो।

दुर्घटनामा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका-५ बस्ने २६ वर्षीय नारायण खड्का र सहचालक सोही जिल्ला रानीटार बस्ने २० वर्षीय दिनेश कार्की गम्भीर घाइते भएका छन्।

बिहान करिब २ बजे भएको दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेस मूलघाट र प्रहरी चौकी मूलघाटको टोलीले उद्धार गरी घाइतेहरूलाई बिहान ४:३० बजे एम्बुलेन्समार्फत जिल्ला अस्पताल धनकुटा पठाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप