अकबरे खुर्सानीमा भेटियो अत्यधिक विषादी
सारांश
- कालीमाटी तरकारी बजारमा मकवानपुरबाट आएको अकबरे खुर्सानीमा विषादी भेटिएको छ।
- परीक्षणका क्रममा अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत 'अर्गानोफस्फेट' नामक विषादी फेला परेको छ।
- विषादीको मात्रा ४५ प्रतिशतभन्दा बढी पाइएकाले उक्त खुर्सानी खान अयोग्य रहेको बताइएको छ।
काठमाडौँ । कालीमाटी तरकारी बजारमा बिक्रीका लागि राखिएको अकबरे खुर्सानीमा विषादी भेटिएको छ । मकवानपुरबाट बिक्रीका लागि कालीमाटी बजारमा ल्याइएको अकबरे खुर्सानीमा ५४.०७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
सोमबार केन्द्रीय कृषि प्रयोगशाला विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाई कालीमाटीले १५ थरीका तरकारीमा विषादी परीक्षण गरेको थियो । यसमध्ये अकबरे खुर्सानीमा अत्यधिक विषादीको मात्रा रहेको फेला परेको छ ।
नेपालमा कार्बामेट र अर्गानोफस्फेट गरी विषादीको दुई समूह परीक्षण हुँदै आएको छ । बजारमा कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीको मात्र परीक्षण गरिँदै आएको छ ।
यस्तो प्रकारको विषादी जाँच गर्दा रोकावट प्रतिशत ३५ भन्दा कम उपभोगयोग्य, ३५ देखि ४५ सम्म केही दिन राखेर खान मिल्ने र ४५ भन्दा बढी खान अयोग्य मानिन्छ ।
_ZRLWiB9iRd.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण