ट्याक्टरको ठक्करबाट एक वृद्धाको मृत्यु, चालक फरार
सोमबार, २७ असोज २०८२, १२ : ५८
सारांश
- उदयपुरको त्रियुगा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
- दुर्घटनामा ७९ वर्षीया तेत्रि देबी चौधरीको मृत्यु भएको हो, उपचारका क्रममा अस्पतालले मृत घोषणा गर्यो।
- ट्याक्टर चालक फरार रहेका छन् भने ट्याक्टरका साहुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ०२, मोथिहाईस्थित कच्ची भित्री सडकखण्डमा ट्याक्टरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
आज बिहान करिब ८:२० बजे म.प्र. ०१-००१ त २५६४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा सोही ठाउँकी करिब ७९ वर्षीया तेत्रि देबी चौधरीको मृत्यु भएको हो।
ट्याक्टरले ठक्कर दिएलगत्तै उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो। तर, अस्पतालका चिकित्सकले बिहान ८:४० बजे मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ट्याक्टर चालक सोही ठाउँका करिब २४ वर्षीय धर्मेन्द्र राजधामी तत्काल फरार भएका छन् । उनको खोजी भइरहेको छ।
यता, ट्याक्टरका साहु सोही ठाउँका करिब ४० वर्षीय रामनिवास राजधामीलाई भने जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण