टयाक्टरको ठक्करबाट वृद्धाको मृत्यु
सोमबार, २७ असोज २०८२, १३ : १२
सारांश
- उदयपुरको त्रियुगा नगरपालिकामा ट्याक्टरको ठक्करबाट एक वृद्ध महिलाको मृत्यु भएको छ।
- दुर्घटनामा ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ।
- ट्याक्टर चालक फरार रहेका छन् भने ट्याक्टर धनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उदयपुर । उदयपुरमा टयाक्टरको ठक्करबाट आज एक वृद्धाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका–२ मोथिहाईस्थित भित्री कच्ची सडकमा मधेस प्रदेश ०१–००१ त २५६४ नम्बरको टयाक्टरले ठक्करदिँदा पैदलयात्री स्थानीय ७९ वर्षीया तेत्रीदेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
टयाक्टर चालक स्थानीय २४ वर्षीय धर्मेन्द्र राजधामी घट्नापछि फरार रहेका छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । प्रहरीले टयाक्टर धनी ४० वर्षीय रामनिवास राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसद्मा मन्त्री लम्साल : ३ वर्षमा साढे ११ खर्बको ठेक्कादेखि सांसदले मागेको बजेटसम्म
-
४८ वर्षपछि सक्रिय राजनीतिबाट विश्राम, महराका दुःखदायी उत्तरार्द्ध
-
यो वर्ष १५ खर्ब ८० अर्ब राजस्व उठाइने
-
कृषिमा २ अर्बको सीमा पुनरवलोकन हुँदैन : अर्थमन्त्री
-
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
-
१० वर्षपछि औषधिको मूल्य समायोजन गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण